नेभिगेशन
सबै कुरा

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियाे १६१ रनको लक्ष्य

काठमाडाैँ । वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डि ‘ए’ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनायो । उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए । उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे । साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिए ।

Dish Home
Global Ime Bank

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई/दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए । जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

आजको खेलमा नेपालका प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, सागर ढकाल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द र लोकेश बम छन् । 

साथै वेस्ट इन्डिज  ‘ए’को प्लेइङ ११ मा कप्तान रोस्टन चेज, एलिक अथान्जे, केसी कार्टी, जोनसन चाल्र्स, आन्द्रे फेलचर, म्याथ्यु फर्ड, ओबेद, म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिकोणात्मक ट्वान्टी–२०ः आज नेपाल र स्कटल्यान्ड आज भिड्दै

त्रिकोणात्मक ट्वान्टी–२०ः आज नेपाल र स्कटल्यान्ड आज भिड्दै

स्कटल्यान्डको टिटउट रङ्गशालामा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा छ । हिजोको पहिलो खेलमा नेपाल...
नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने

नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने

नेपाली क्रिकेट इतिहासमा पहिलोपटक नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय शृंखलामा खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजसँग तीन खेलको ऐतिहासिक...
नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो ।
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल, सोमपाल र गुल्सनको ठाउँमा नन्दन र बसिरलाई मौका

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल, सोमपाल र गुल्सनको ठाउँमा नन्दन र बसिरलाई मौका

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

भर्खरै