नेभिगेशन
सबै कुरा

सिधाकुरा

सिधाकुराका पाठक र दर्शकहरु,

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरा डटकम र यसको आधिकारीक यूट्युव तथा फेसबुक पेजबाट मिति २०८१ वैशाख १४ गते शुक्रबार बिहान ६ बजेर २ मिनेटमा प्रकाशन र प्रसारण सुरु भएका ‘द डार्क फाइल’ श्रृङ्खलाका समाचार सामाग्री हटाइएको जानकारी गराउन चाहन्छौँ ।

Ncell
Extreme Energy

प्रस्तुत समाचारका श्रृङ्खलाका सम्बन्धमा मिति २०८१ वैशाख १४ गते दिनको ५ बजे प्रेस काउन्सिल नेपालबाट समाचार सामग्री हटाउन २४ घण्टे निर्देशन जारी भएको थियो । 

प्रेस काउन्सिल आचार संहिता विपरितको सो निर्देशन समाचार सामाग्रीको पूर्व प्रकाशन नै रोक्ने नीति गलत भएको भन्दै हामीले विशेष सम्पादकीय मार्फत समाचार नरोक्ने निर्णय जानकारी गराउँदै थप २ वटा श्रृङ्खलाहरु २०८१ वैशाख १५ र १६ गते प्रकाशन र प्रसारणमा ल्याएका थियौँ । 

तर, ति सबै समाचारका सन्दर्भले अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतले अदालतको अवहेलनामा वैशाख १६ गते प्रतिवेदन उठायो । सोही दिन प्रेस काउन्सिल नेपालले पुन पत्राचार गर्दै १७ वैशाखको दिन ३ बजे सबै प्रसारित समाचारको प्रमाणसहित छलफलका लागि काउन्सिलमा उपस्थित हुन सिधाकुराका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रस्तोता एवम् सञ्चालक युवराज कंडेललाई पुनः पत्राचार भयो ।  

सोही पत्रका आधारमा काउन्सिलमा दिनको ३ बजे सुरु भएको छलफलमा समाचारमा प्रस्तुत गरिएको ‘स्टीङ अपरेसन’ को सामग्री सही वा गलत हो छुट्ट्याउन उक्त सामाग्रीको प्रेस काउन्सिलबाट प्राविधिक जाँच गरेर समाचारको तथ्य परीक्षण गर्ने, तथ्य परीक्षणको निश्कर्षमा नपुग्दाको अवस्थासम्म पत्रकार आचार संहिताको पालना गर्दै सिधाकुराबाट प्रकाशित भएको समाचार सामग्रीको प्रकाशन स्थगन गर्ने र थप सामाग्री प्रकाशन प्रसारण नगर्ने प्रतिबद्धता सिधाकुराबाट भएको थियो । 

त्यसैअनुसार सिधाकुराले आफ्नो समाचार सामग्री सबै माध्यममा स्थगित (अनपब्लिस्ड) गरेको थियो । 

प्रेस काउन्सिलमा समाचारमा व्यक्त भएको अडियोको तथ्य जाँच गर्ने सहमति भएको केहीबेरमै सर्वोच्च अदालतबाट अदालतको अवहेलनामा सिधाकुराका सामग्री २४ घण्टाभित्र हटाउने, प्रकाशक युवराज कंडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई बयानका लागि हाजिर गराउने र सो विषयसँग सम्बन्धित थप सामाग्री प्रकासन र प्रशारण गर्नमा रोक लगाउने गरी सम्मानित अदालतका न्यायधिशद्वय डा.नहकुल सुवेदी र टेकप्रसाद  ढुंगानाको इजलासबाट १७ वैशाखमा आदेश भयो । सो आदेशको म्याद सिधाकुराको कार्यालयमा मंगलबार प्राप्त भएसँगै हामीले अदालतको आदेश बमोजिमको सबै सामग्री हाम्रो सबै प्रकारका माध्यमबाट हटाउने निर्णय गरेका छौँ ।

हटाइएका समाचार सामाग्रीहरु

१. रिपोर्ट  : चार सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको स्टीङ अपरेसन,कैलास सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए । (लिखित र भिडियो दुवै सामाग्री)

२. विशेष सम्पादकीयः प्रेस काउन्सिलले समाचार हटाउन दिएको २४ घण्टे अल्टिेमेटम अस्वीकार्य ।

३.रिपोर्ट : अन्नपूर्ण टावरको डील, रामशाह पथको पेशी र फैसलाका संयोगहरु (लिखित र भिडियो दुवै सामाग्री)

४.स्टीङकर्ताको बयान : ‘अनि स्टीङ अपरेसन खारेज गराउन लाग्नेहरु नै स्टीङ अपरेसनमा परे’ (लिखित र भिडियो दुवै सामाग्री)

साथै सिधाकुरा अब प्रकाशित समाचारका सन्दर्भमा कानुनी प्रक्रियामा सहभागी भएका कारण प्रस्तुत समाचारका विषयमा कानुनी निरुपणपछि के हुने भन्ने निर्णय हुने जानकारी गराइन्छ । 

धन्यवाद । 

कार्यकारी सम्पादक  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...
यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

यो विभाजन र दोषारोपण गर्ने समय होइन–राष्ट्रपति पौडेल (सम्बोधनको पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको भन्दै अहिले राजनीतिक विभाजन र दोषारोपण गर्ने नभई राष्ट्रिय एकता र ऐक्यबद्धता प्रदर्शन गर्ने समय भएको बताएका छन्।
११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

११ दिनपछि हिलोभित्रबाट फर्किएको जीवन

बाढीले घर मात्रै बगाउँदैन रहेछ । कहिलेकाहीँ घरसँगै मान्छेको आशा र जिजीविषा पनि सँगै बगाएर लैजाँदो रहेछ ।