नेभिगेशन
नेताका कुरा

राहत कोषमा कांग्रेसको १ करोड

काठमाडौँ । रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।  उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य लगायतका नेताहरू रहेका थिए।

Marvel
Extreme Energy

केही दिनअघि रसुवा र नुवाकोट क्षेत्र हुँदै बग्ने भोटेकोशी, त्रिशूली नदीलगायतका स्थानमा आएको भीषण बाढीले त्यस क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो। बाढीका कारण कैयौं घरपरिवार विस्थापित हुनुका साथै भौतिक संरचनामा व्यापक नोक्सानी भएको छ।

विपद्को घडीमा पीडित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बास स्थानको व्यवस्थापनमा सघाउ पुर्‍याउने उद्देश्यले कांग्रेसले उक्त रकम सरकारलाई उपलब्ध गराएको महामन्त्री पौडेलले जनाएका छन्। रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले संकटको अवस्थामा नेपाली कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको बताए।

बाढीपहिरोका कारण सुरुङमार्ग लगायतका विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए। ‘सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु’ पौडेलको भनाइ थियो।

त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको उद्धार र भत्किएका पूर्वाधारहरूको पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन समेत उनले माग गरेका छन्। राहत वितरण पारदर्शी बनाउन र अबको समग्र विपद् व्यवस्थापनलाई थप चुस्त तथा प्रभावकारी बनाउन उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

विपद् व्यवस्थापन, बेपत्ताहरूको खोजी र विस्थापितहरूको दीर्घकालीन पुनर्स्थापनामा सरकारलाई आवश्यक पर्ने हरेक सहयोग गर्न पार्टी तयार रहेको महामन्त्री प्रदीप पौडेलले प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अन्य सहयोगका लागि पार्टीका विभिन्न संरचना परिचालन गर्दै उल्लेख्य योगदान गरेको छ। सभापति गगन थापाले  दुईपटक बाढी प्रभावित क्षेत्रको अवलोकन गरिसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

तिहारमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गराउन जुटे ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने र त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न...
ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

ट्रम्प र भान्समाथि अल-सयदको व्यङ्ग्य: 'जेडी हबीबी, जनवरीमा मलाई शपथ खुवाउने तिमी नै हौ'

अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको प्रहारका बीच जितेर इतिहास रचेका सयदले डिट्रोइटस्थित चुनावी कार्यालयमा जम्मा भएका सयौँ समर्थकलाई सम्बोधन गर्दै चुनावी प्रचारका क्रममा आफूलाई निरन्तर आलोचना गर्ने अमेरिकी उपराष्ट्रपति...
सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

सरकारका गतिविधिले फेरि जनताले दुःख पाउने दिन नआओस् : महामन्त्री डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले वर्तमान सरकारले प्रहरी संगठनमा हस्तक्षेप गरेको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी छिन् ।

भर्खरै