नेभिगेशन
सबै कुरा

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

फिक्कल । आज बिहान यहाँ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताए ।

भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएका छन् । उनलाई उपाचारका लागि झापा पठाइएको प्रहरी नायब उपरीक्षक जवेगूले जानकारी दिए । झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना भएको हो । भ्यान राजगमार्गबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलन स्थगित

सरकार र चिकित्सक सङ्घबीच सहमति, आन्दोलन स्थगित

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै  सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले हिजो र आज आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेर सेवा नै ठप्प पारेका...
रसुवा बाढी : ९ जनाको शव फेला, १९ अझै  बेपत्ता

रसुवा बाढी : ९ जनाको शव फेला, १९ अझै  बेपत्ता

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित...
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

कृषि मन्त्रालयका अनुसार वर्ष २०८१ मा ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिकटन धान उत्पादन भएको छ । जुन २०८० सालको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी...
गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

गोली हानेर ब्राउन सुगर कारोबारी पक्राउ

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए ।