नेभिगेशन
सबै कुरा

ललितपुर डढेलोः अर्का घाइतेको पनि मृत्यु

ललितपुर । गोदावरी नगरपालिका–४  बडिखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आगो निभाउन गएका शङ्कर र रमेश पहरी गम्भीर घाइते भएका थिए । शङ्करको मङ्गलबार तथा रमेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

Extreme Energy
citizen life

गोदावरी नगरपालिका–६ टीकाभैरवको सामुदायिक वन, सोही नगरपालिकाको वडा नं ५ महादेव खोला सत्य सामुदायिक वन, वडा नं ४ बडिखेलको तपेश्वर मन्दिर वन, वडा नं ९ छेडा सामुदायिक वन, वडा नं ३ जयभद्र सामुदायिक वन, वडा नं १० चारघरे सामुदायिक वन, वडा नं। ९ ढुङ्गेनी पातले सामुदायिक वन, वडा नं २ ताप्लेछाप सामुदायिक वन, बागमती गाउँपालिका–५ कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका–३ लुभु पातले सामुदायिक वनमा गएराति देखि आगलागी भएको  प्रहरी उपरीक्षक सुवेदीले बताए । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेन र सशस्त्र प्रहरी बलको टोली  परिचालन भएको उनले बताए । 

यसैबीच, लेले जङ्गलमा  लागेको डढेलो आनन्द वनमा फैलिएसँगै प्रहरी र स्थानीयको टोलीले त्यहाँ सञ्चालित कुष्ठरोग अस्पतालका त्रियानब्बे जना बिरामीलाई बज्रबाराही अस्पताल स्थानान्तरण गरेका गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वालले जानकारी दिए । डढेलोमा फसेका १५ जनाको मङ्गलबार उद्धार गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस

संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस

सो कार्यक्रममा राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत लोकबहादुर थापाले आरोग्यताले गरिबी निवारण दिगो विकासमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
विराटनगर आँखा अस्पतालमा ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन

विराटनगर आँखा अस्पतालमा ‘डिजिटल ट्रेनिङ हब’ सञ्चालन

नेपाल नेत्रज्योति सङघद्वारा सञ्चालित सो अस्पतालमा अर्बिस इन्टरनेशनलसँगका सहकार्यमा लहान आँखा तथा कान स्वास्थ्य सेवा प्रणाली (लिक्स) अन्तर्गत पहिलो पटक ‘डिजिटल ट्रेनिङ हब’ थालनी गरिएको हो । नेपालमै...
मौसम अपडेटः केही स्थानमा साधरणतया बादल लागे पनि मौसम मुख्यतया सफा रहने

मौसम अपडेटः केही स्थानमा साधरणतया बादल लागे पनि मौसम मुख्यतया सफा रहने

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम...
गगन थापाको कांग्रेसलाई दियो सर्वोच्चले आधिकारिकता, देउवा समूहको माग अस्विकार

गगन थापाको कांग्रेसलाई दियो सर्वोच्चले आधिकारिकता, देउवा समूहको माग अस्विकार

शुक्रबार सभापति गगन थापाको तर्फबाट हरिहर दाहाल, सीताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाल, दीनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल र यदुनाथ खनालसहितका अधिवक्ताले बहस गरेका थिए...