नेभिगेशन
सबै कुरा

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, विजय सभाबाट फर्कदै गरेको गाडी दुर्घटना हुँदा १७ जना घाइते

इलाम । इलामको रोङ गाउँपालिकाको बाघखोरमा भ्यान दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ ।

झापाबाट इलामतर्फ आउँदै गरेको भ्यान दुर्घटनामा पर्दा देउमाई नगरपालिका–५ का २४ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय इलामले जनाएको छ । 

दुर्घटनामा गम्भिर घाइते भएका विश्वाश राईलाई उपचारको लागि झापा रेफर गरिएको छ ।

इलाममा विजय सभाबाट फर्कदै गरेको गाडी दुर्घटना, १७ जना घाइते

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको विजयी सभाबाट फर्कदै गरेको पिकअप दुर्घटना हुँदा इलाममा १७ जना घाइते भएका छन् । मंगलबार इलामको चोक  बजारमा आयोजित चुनाबी सभामा सहभागी भएर फर्केको पिकअप इलाम नगरपालिका ५ बरबोटेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि घाइते भएका मध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय इलामका डिएस्पी प्रकाश जबेगुले जानकारी दिए ।  उनका अनुसार गम्भीर घाइतेलाई थप उपचारको लागि झापा रिफर गरिएको छ ।अन्यको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा इलाम नगरपालिका ४ र ५ का सर्वसाधारण रहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।