नेभिगेशन
सबै कुरा

इलाममा भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, विजय सभाबाट फर्कदै गरेको गाडी दुर्घटना हुँदा १७ जना घाइते

इलाम । इलामको रोङ गाउँपालिकाको बाघखोरमा भ्यान दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झापाबाट इलामतर्फ आउँदै गरेको भ्यान दुर्घटनामा पर्दा देउमाई नगरपालिका–५ का २४ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय इलामले जनाएको छ । 

Ncell
Extreme Energy

दुर्घटनामा गम्भिर घाइते भएका विश्वाश राईलाई उपचारको लागि झापा रेफर गरिएको छ ।

इलाममा विजय सभाबाट फर्कदै गरेको गाडी दुर्घटना, १७ जना घाइते

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको विजयी सभाबाट फर्कदै गरेको पिकअप दुर्घटना हुँदा इलाममा १७ जना घाइते भएका छन् । मंगलबार इलामको चोक  बजारमा आयोजित चुनाबी सभामा सहभागी भएर फर्केको पिकअप इलाम नगरपालिका ५ बरबोटेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि घाइते भएका मध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय इलामका डिएस्पी प्रकाश जबेगुले जानकारी दिए ।  उनका अनुसार गम्भीर घाइतेलाई थप उपचारको लागि झापा रिफर गरिएको छ ।अन्यको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा इलाम नगरपालिका ४ र ५ का सर्वसाधारण रहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...