नेभिगेशन
सबै कुरा

अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुन्छ : रवि लामिछाने

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले खल्तीबाट नाम झिकेर अपराध गरेर कैद भुक्तानी गरिरहेका कैदीबन्दीलाई छुटाउने प्रवृत्ति अन्त्य हुने बताएका छन् ।  बिहिबार बाँकेको क्षेत्रीय कारागार उद्घाटन गर्दै उनले पहुँच हुनेले उन्मुक्ति पाउने गरेको र सो प्रवृत्ति अन्त्य हुने बताएका हुन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१ सय ३४ रोपनी क्षेत्रफलमा फैलिएको कारगारको उद्घाटन गर्दै उनले भने, ‘पहुँच हुनेले मात्रै कैद मिनाह पाएको भन्ने गुनासो छ। अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुन्छ।’, उनले भने,   ‘त्यसबारे छलफल सुरु गरिसकेका छौँ। कैद मिनाहका लागि कैदीबन्दीले पनि पहुँच खोज्ने होइन, आचरण सुधार गर्ने हो। असल आचरण हुनेका लागि कसैको पहुँच चाहिन्न सरकार छ।’

Ncell
Extreme Energy


कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछाानेले कारागार यातना गृह नभएर सुधार गृह भएको बताएका छन् । कारागार बसेर फर्किनेहरुलाई समाजमा पुनःस्थापित हुन गाह्रो भइरहेको र त्यसतर्फ सचेत बन्न जरुरी रहेको उनले बताए । ‘कारागारहरु यातना केन्द्र होइनन्, सुधार गृह बनून भन्नेमा सरकार सचेत छ। सरकारका तर्फबाट गर्नुपर्ने सुधारका काम निकै छन्। आवश्यक प्रयास भइरहेको छ। सजाय भुक्तानी गरेर फर्किएकालाई समाजमा पुनःस्थापित हुन गाह्रो छ। त्यसतर्फ पनि हामी सचेत बन्नुपर्छ। कारागारबाट फर्किएकालाई समाजले फेरि कारागार नै पठाउने परिस्थितितर्फ धकेल्नु हुँदैन।’, लामिछानेले भने  ।

त्यस्तै उनले कैदीबन्दीलाई सम्मानजनक श्रममा लगाउने विषयमा छलफल भइरहेको पनि बताएका छन् । 

३ हजार कैदीबन्दी राख्न सक्ने क्षमता भएको उक्त कारागारमा २४ सय पुरुष र ६ सय महिलाका राख्न सकिने कारागार प्रशासनले बताएको छ । करिब ३ अर्बको लागतमा निर्माण भएको उक्त कारागारमा प्रशासनिक, मेडिकल र स्पोटर्स ब्लकसहित ३ वटा मुख्य भवन रहेका छन्  । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।

भर्खरै