नेभिगेशन
सबै कुरा

अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुन्छ : रवि लामिछाने

काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले खल्तीबाट नाम झिकेर अपराध गरेर कैद भुक्तानी गरिरहेका कैदीबन्दीलाई छुटाउने प्रवृत्ति अन्त्य हुने बताएका छन् ।  बिहिबार बाँकेको क्षेत्रीय कारागार उद्घाटन गर्दै उनले पहुँच हुनेले उन्मुक्ति पाउने गरेको र सो प्रवृत्ति अन्त्य हुने बताएका हुन् ।  

१ सय ३४ रोपनी क्षेत्रफलमा फैलिएको कारगारको उद्घाटन गर्दै उनले भने, ‘पहुँच हुनेले मात्रै कैद मिनाह पाएको भन्ने गुनासो छ। अब खल्तीबाट नाम झिकेर कैद मिनाह गर्ने प्रवृत्ति अन्त्य हुन्छ।’, उनले भने,   ‘त्यसबारे छलफल सुरु गरिसकेका छौँ। कैद मिनाहका लागि कैदीबन्दीले पनि पहुँच खोज्ने होइन, आचरण सुधार गर्ने हो। असल आचरण हुनेका लागि कसैको पहुँच चाहिन्न सरकार छ।’


कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछाानेले कारागार यातना गृह नभएर सुधार गृह भएको बताएका छन् । कारागार बसेर फर्किनेहरुलाई समाजमा पुनःस्थापित हुन गाह्रो भइरहेको र त्यसतर्फ सचेत बन्न जरुरी रहेको उनले बताए । ‘कारागारहरु यातना केन्द्र होइनन्, सुधार गृह बनून भन्नेमा सरकार सचेत छ। सरकारका तर्फबाट गर्नुपर्ने सुधारका काम निकै छन्। आवश्यक प्रयास भइरहेको छ। सजाय भुक्तानी गरेर फर्किएकालाई समाजमा पुनःस्थापित हुन गाह्रो छ। त्यसतर्फ पनि हामी सचेत बन्नुपर्छ। कारागारबाट फर्किएकालाई समाजले फेरि कारागार नै पठाउने परिस्थितितर्फ धकेल्नु हुँदैन।’, लामिछानेले भने  ।

त्यस्तै उनले कैदीबन्दीलाई सम्मानजनक श्रममा लगाउने विषयमा छलफल भइरहेको पनि बताएका छन् । 

३ हजार कैदीबन्दी राख्न सक्ने क्षमता भएको उक्त कारागारमा २४ सय पुरुष र ६ सय महिलाका राख्न सकिने कारागार प्रशासनले बताएको छ । करिब ३ अर्बको लागतमा निर्माण भएको उक्त कारागारमा प्रशासनिक, मेडिकल र स्पोटर्स ब्लकसहित ३ वटा मुख्य भवन रहेका छन्  । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...