नेभिगेशन
सबै कुरा

वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २ सय १० रनको लक्ष्य

काठमाडौँ । वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । बिहिबार त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको हो । 

वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक अविजित ८४ रन बनाए । जोनसन चाल्र्स ५८, केसी कार्टी ४ र एलिक अथान्ज ५ रन बनाए । त्यस्तै फाबिएन एलेनले अविजित ३३ रन जोडे । बलिङतर्फ  नेपालका कुशल भुर्तेलले दुई र प्रतिश जिसीले एक विकेट लिए । 

Dish Home
Global Ime Bank

यसअघि भएका तीन खेलमध्ये वेस्ट इन्डिज ‘ए’ले दुई खेल जितेको छ भने नेपाल एउटा खेलमा मात्र विजयी भएको छ । यही वैशाख १५ गते भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले दिएको दुई सय पाँच रनको विजयी लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले शतकीय पारी खेलेका थिए । उनले एक सय १२ रन बनाउनुका साथै बलिङतर्फ एक विकेट समेत लिएका थिए । 

यसैगरी वैशाख १६ गते भएको दोस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग मात्र १० रनले पराजित भयो । सो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५० रन मात्र बनाउन सक्यो । उक्त खेलमा पनि कप्तान पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले अविजित ७१ रन बनाए । पहिलो खेलमा जस्तै दोस्रो खेलमा पनि नेपाली ब्याटरले सम्झिन लायक ब्याटिङ गर्न सकेनन् । फलस्वरुप नेपालले सो खेल झिनो रनअन्तरले गुमाउन पुग्यो । 

यस्तै बुधबार भएको तेस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग फराकिलो रनअन्तरले पराजित भयो । वेस्ट इन्डिज ‘ए’ले जितका लागि नेपालसामु दुई सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरे पनि नेपाली टोली एक सय ५१ रनमै समेटियो । सो खेलमा त्यसअघिका दुई खेलको भन्दा कमजोर खेल प्रदर्शन ग¥यो । नेपाली टोलीको अन्य दुई खेलको तुलनामा बलिङ, ब्याटिङ र फिल्डिङमा फितलो प्रदर्शन रह्यो । सो खेलमा वेस्ट इन्डिज ‘ए’का जोनसन चाल्र्सले शकतीय पारी खेले भने आन्द्रे फ्लेचरले अद्र्धशतक प्रहार गरे ।  पाँच खेलको जारी शृङ्खलामा वेस्ट इन्डिज ‘ए’ आजको खेलमा बिनादबाब मैदानमा उत्रने छ । नेपाली टोली जित्नैपर्ने दबाबमा हुनेछ । 

नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको अन्तिम खेल शनिबार हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिकोणात्मक ट्वान्टी–२०ः आज नेपाल र स्कटल्यान्ड आज भिड्दै

त्रिकोणात्मक ट्वान्टी–२०ः आज नेपाल र स्कटल्यान्ड आज भिड्दै

स्कटल्यान्डको टिटउट रङ्गशालामा हुने नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा छ । हिजोको पहिलो खेलमा नेपाल...
नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने

नेपाल र वेस्ट इन्डिजबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने

नेपाली क्रिकेट इतिहासमा पहिलोपटक नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय शृंखलामा खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजसँग तीन खेलको ऐतिहासिक...
नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो ।
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल, सोमपाल र गुल्सनको ठाउँमा नन्दन र बसिरलाई मौका

नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल, सोमपाल र गुल्सनको ठाउँमा नन्दन र बसिरलाई मौका

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

भर्खरै