नेभिगेशन
सबै कुरा

कार्यकर्तालाई प्रचण्डको निर्देशन ‘इँटको जवाफ पत्थरले दिनुस्’

२५ भदौ, मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाका कार्यकर्तालाई इँटको जवाफ पत्थरले दिन निर्देशन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज विराटनगर पुगेका प्रधानमन्त्री दाहालले समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै गणतन्त्र ल्याउनेहरुले गाली गरेर आएका पार्टीहरु जस्तो गर्न नहुने बताएका हुन् ।

Ncell
Extreme Energy

सामाजिक संजालमा हेर्न समेत नसकिने अवस्था आएको उनी बताउँछन् । त्यस्ता भ्रामक र अश्लिल प्रचार गर्नेहरु चाहिं राजनीतिज्ञ जस्तो, अनि जिन्दगीभर जेलनेल, भूमिगत, त्याग गरेर देशमा गणतन्त्र ल्याउनेहरु रक्षात्मक, अलिकति डराए जस्तो देखिएको उनको भनाइ छ । उनले केही दलहरु गुण्डाहरुको झुण्ड झैँ भएको व्यक्त गरे । 

उक्त झुण्डमध्यकै एक जनाले नेपाली कांग्रेसको सहमहामन्त्रीमाथि खुकुरी प्रहार गरेको प्रधानमन्त्रीले बताए । ‘भनेपछि उनीहरुको मनोबल कस्तो रहेछ, तपाईं हामी चाहिं बडो रक्षात्मक’ उनले भने, ‘त्यस्तो होइन अब । अब यो समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलौज हुन्छ, त्यो इँटको जवाफ पत्थरले दिने हो । दिनैपर्‍यो ।’

सोमबार उक्त सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ विराटनगर पुगेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसदमा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसदमा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।