नेभिगेशन
सबै कुरा

इलाममा भयावह बन्दै सडक दुर्घटना : पछिल्लो १० महिनामा १३ जनाको मृत्यु, ९८ घाइते

इलाम । बैशाख १९ गते बिहान झापाको बिर्तामोडबाट इलाम आउँदै गरेको मे १ ज ३२६३ नम्बरको भ्यान रोङ गाउँपालिकाको बाघखोरस्थित मेची राजमार्गमा दुर्घटनामा पर्यो । दुर्घटनामा परि देउमाई नगरपालिका ६ का दिपेश राईको दुर्घटनास्थलमै मृत्यु भयो । इलाम नगरपालिका ५का विश्वास राई गम्भिर घाइते बने ।

बैशाख १८ गते सुहाङ नेम्वाङको विजयी सभाबाट फर्कँदै गरेको को २ च ४४७ नम्बरको पिकअप इलाम नगरपालिका ५ बिब्ल्याँटे नजिक दुर्घटनामा पर्दा  १८ जना घाईते भए । केही गम्भिर घाइतेलाई थप उपचारको लागि झापा पठाउनु पर्यो ।

वैशाख २७ गते इलामबाट जमुना जाँदै गरेको पिकअप सन्दककपुर गाउँपालिका ५ मा दुर्घटना हुँदा इलाम नगरपालिका ५ ओख्रेका २४ वर्षीय तोया घिमिरेको मृत्यु भयो। पिकअप चालक इलाम नगरपालिका ४ का २० वर्षीय अभिषेक तिवारी घाईते भए । कोरिया भाषा पढ्दै गरेका घिमिरेको सडक दुर्घटनामा ज्यान गएपछि घरपरिवार शोकमा छ ।

पछिल्ला केही दिन यता इलाममा दैनिक सडक दुर्घटना बढिरहेका छन् । मेची राजमार्ग र जिल्लाका भित्री सडकमा दुर्घटना बढ्दो छ । चालु आर्थिक वर्षको साउन यता १३ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । १० महिनाको अवधिमा ३५ वटा सवारी दुर्घटनामा ९८ जना घाईते भए।

सडकको दुरावस्था, चालकको लापरबाही लगायतका कारणले दुर्घटना बढेको प्रहरीको भनाई छ । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा इलाममा सडक दुर्घटनाको अवस्था डरलाग्दो देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा सडक दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् भने एक सय १८ जना घाईते भएका छन् । आव २०७९/०८०मा  ४५ वटा दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने एक सय २० जना घाईते भएका छन् ।

'मापसेका कारण बढ्याे दुर्घटना'
मापसे गरेर चालकले गाडी कुदाउँदा दुर्घटना बढेको सर्वसाधारणको गुनासो छ । चालकले मापसे गरको भेटेपनि ट्राफिक प्रहरीले जरिवाना गरेर छाडिदिने र कच्ची सडकमा मापसे चेकजाँच नहुँदा सवारी दुर्घटना बढेको इलाम नगरपालिका ५ का कृष्ण पौडेलले बताए। ‘बजारबाट गाउँ जाने गाडीका चालकले मापसे गर्छन् तर उनीहरूलाई चेकजाँच हुँदैन’ पौडेलले भने, ‘अब सरोकारवाला सबै निकाय गम्भिर बन्नुपर्छ ।’ पछिल्लो समय इलाम बजार आसपास भएका साना ठूला सवारी दुर्घटनामा चालकको गम्भिर लापरबाही हुँदा पनि प्रहरीले हरेक घटनालाई ढाकछोप गरी सामान्य रुपमा लिने गरेको सर्वसाधारण बताउँछन् ।

पर्याप्त जनशक्ति छैन : प्रहरी
पर्याप्त जनशक्ति नहुँदा सडक दुर्घटना न्यूनिकरण गर्न नसकिएको प्रहरीको भनाई छ । सडक सञ्जाल विस्तारसँगै सवारी साधनको चाप बढेको हुँदा दुर्घटना पनि बढेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जबेगुले बताए ।ट्राफिक प्रहरी र आफूहरूले सीमित स्रोतका भरमा काम गर्नुपर्ने हुँदा सबै क्षेत्रमा ध्यान नपुगेको उनको तर्क छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...