नेभिगेशन
सबै कुरा

इलाममा भयावह बन्दै सडक दुर्घटना : पछिल्लो १० महिनामा १३ जनाको मृत्यु, ९८ घाइते

इलाम । बैशाख १९ गते बिहान झापाको बिर्तामोडबाट इलाम आउँदै गरेको मे १ ज ३२६३ नम्बरको भ्यान रोङ गाउँपालिकाको बाघखोरस्थित मेची राजमार्गमा दुर्घटनामा पर्यो । दुर्घटनामा परि देउमाई नगरपालिका ६ का दिपेश राईको दुर्घटनास्थलमै मृत्यु भयो । इलाम नगरपालिका ५का विश्वास राई गम्भिर घाइते बने ।

बैशाख १८ गते सुहाङ नेम्वाङको विजयी सभाबाट फर्कँदै गरेको को २ च ४४७ नम्बरको पिकअप इलाम नगरपालिका ५ बिब्ल्याँटे नजिक दुर्घटनामा पर्दा  १८ जना घाईते भए । केही गम्भिर घाइतेलाई थप उपचारको लागि झापा पठाउनु पर्यो ।

वैशाख २७ गते इलामबाट जमुना जाँदै गरेको पिकअप सन्दककपुर गाउँपालिका ५ मा दुर्घटना हुँदा इलाम नगरपालिका ५ ओख्रेका २४ वर्षीय तोया घिमिरेको मृत्यु भयो। पिकअप चालक इलाम नगरपालिका ४ का २० वर्षीय अभिषेक तिवारी घाईते भए । कोरिया भाषा पढ्दै गरेका घिमिरेको सडक दुर्घटनामा ज्यान गएपछि घरपरिवार शोकमा छ ।

पछिल्ला केही दिन यता इलाममा दैनिक सडक दुर्घटना बढिरहेका छन् । मेची राजमार्ग र जिल्लाका भित्री सडकमा दुर्घटना बढ्दो छ । चालु आर्थिक वर्षको साउन यता १३ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । १० महिनाको अवधिमा ३५ वटा सवारी दुर्घटनामा ९८ जना घाईते भए।

सडकको दुरावस्था, चालकको लापरबाही लगायतका कारणले दुर्घटना बढेको प्रहरीको भनाई छ । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा इलाममा सडक दुर्घटनाको अवस्था डरलाग्दो देखिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा सडक दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् भने एक सय १८ जना घाईते भएका छन् । आव २०७९/०८०मा  ४५ वटा दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने एक सय २० जना घाईते भएका छन् ।

'मापसेका कारण बढ्याे दुर्घटना'
मापसे गरेर चालकले गाडी कुदाउँदा दुर्घटना बढेको सर्वसाधारणको गुनासो छ । चालकले मापसे गरको भेटेपनि ट्राफिक प्रहरीले जरिवाना गरेर छाडिदिने र कच्ची सडकमा मापसे चेकजाँच नहुँदा सवारी दुर्घटना बढेको इलाम नगरपालिका ५ का कृष्ण पौडेलले बताए। ‘बजारबाट गाउँ जाने गाडीका चालकले मापसे गर्छन् तर उनीहरूलाई चेकजाँच हुँदैन’ पौडेलले भने, ‘अब सरोकारवाला सबै निकाय गम्भिर बन्नुपर्छ ।’ पछिल्लो समय इलाम बजार आसपास भएका साना ठूला सवारी दुर्घटनामा चालकको गम्भिर लापरबाही हुँदा पनि प्रहरीले हरेक घटनालाई ढाकछोप गरी सामान्य रुपमा लिने गरेको सर्वसाधारण बताउँछन् ।

पर्याप्त जनशक्ति छैन : प्रहरी
पर्याप्त जनशक्ति नहुँदा सडक दुर्घटना न्यूनिकरण गर्न नसकिएको प्रहरीको भनाई छ । सडक सञ्जाल विस्तारसँगै सवारी साधनको चाप बढेको हुँदा दुर्घटना पनि बढेको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जबेगुले बताए ।ट्राफिक प्रहरी र आफूहरूले सीमित स्रोतका भरमा काम गर्नुपर्ने हुँदा सबै क्षेत्रमा ध्यान नपुगेको उनको तर्क छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।