नेभिगेशन
सबै कुरा

दैलेखमा ‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम

दैलेख । नारायण नगरपालिका–३ का टीकाराम भट्टराई राष्ट्रिय परिचयपत्र बनाउन र नागरिकताको प्रतिलिपि लिन मङ्गलबार जिल्ला प्रशासन कार्यालय दैलेखमा पुगेका थिए । जब उनी प्रतिलिपिका लागि सम्बन्धित फाँटमा गए र फोटो प्रष्ट छैन भनेर त्यहाँबाट फर्काइयो । उनी घर जाने तयारीमा रहेकै बेला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खिमराज भुसाल सेवाग्राही भएकै ठाउँमा गुनासो सुन्न पुगे । भट्टराईले आफ्नो समस्या प्रजिअ भुसाललाई दर्शाए । प्रजिअ भुसालले राष्ट्रिय परिचयपत्र फाँटकी कम्प्युटर अप्रेटर चन्द्राकुमारी शाहीलाई सेवाग्राहीको समस्या समाधानका सहजता प्रदान गर्न निर्देशन दिए। त्यसपछि फाँटमा फर्किएका टीकारामको राष्ट्रिय परिचयपत्र विवरण दर्ता भयो । नागरिताको प्रतिलिपि लिने काम पनि भयो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दैलेखका प्रमुख जिल्ला अधिकारी भुसालले वैशाखदेखि हरेक दिन दिउँसो १ बजे सेवाग्राही भएकै ठाउँमा पुगेर गुनासो सुन्ने र सेवाप्रवाहमा सहजता ल्याउने उद्देश्यले कार्यतालिका नै बनाएका छन् ।

Ncell
Extreme Energy

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सेवाग्राहीले कार्यकक्षमा पुगेर समस्या सुनाउन भएकाले सम्बन्धित शाखामै गएर सेवाग्राहीको गुनासो सुन्न थालेको बताए । उनले त्यसका लागि ‘सेवाग्राहीसँग प्रजिअ’ कार्यक्रम सुरू गरिएको र त्यसलाई निरन्तरता दिइने बताए ।

यस्तै सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर सेवाग्राही स्वास्थ्य परीक्षण कक्षसमेत सञ्चालनमा ल्याएको छ । हरेक दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म कार्यालयमा उपस्थित भएका सेवाग्राहीको स्वास्थ्य परीक्षणका लागि  जिल्ला अस्पतालबाट एकजना स्वास्थ्यकर्मीको व्यवस्था गरी निःशुल्क औषधि दिने काम पनि भइरहेको छ । 

‘सेवाग्राहीसँग प्रजिअ’ अभियानका क्रममा आफ्नो कार्यालयले दिने सेवामात्र नभई समग्र विकास गतिविधिबारे पनि सहजीकरणको प्रयास गरिरहेको उनको भनाई छ । “हाम्रो कार्यालयसँग सम्बन्धित समस्याबारे हाम्रो चासो त हुने नै भयो, अन्य कार्यालय र जिल्लासँग सम्बन्धित समस्या समाधानका लागि पनि सहजकीरणको प्रयास गरिरहेका छौँ”, भुसालले भने ।

सेवाग्राही मीनबहादुर थापाले ‘सेवाग्राहीसँग प्रजिअ’ अभियान प्रभावकारी देखिएको भन्दै यसको दिगो व्यवस्थापन र निरन्तरतामा ध्यानदिन जरूरी रहेको बताए। उनी भन्छन्, “गुनासो सुनाउन जाँदासमेत कुने सुनुवाइ नभइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी आफैँ सेवाग्राहीकहाँ पुगेर गुनासो सुन्नु सराहनीय कार्य हो । यसको प्रभावकारिता र दिगो व्यवस्थापनमा ध्यानदिनु हाम्रो आग्रह छ ।” 

जिल्लामा हुने लैङ्गिक हिंसा, छाउपडी प्रथा, बालविवाह, जातीय विभेद्लगायतका सामाजिक समस्या समाधानका लागि पनि सबै सरोकारवालासँगको समन्वयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको  प्रजिअ भुसालले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ होल्ड भएको छ । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनीमाथि स्वार्थको द्वन्द्व देखिएको आरोपसहितका प्रश्न सांसदहरुले तेर्स्याएका थिए...
सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उनले  संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा  धारणा प्रस्तुत गरेका थिए ।