नेभिगेशन
सबै कुरा

पञ्चवर्षीय योजना : २०८५/८६ सम्म मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याइने

काठमाडाैँ । सरकारले आर्थिक वर्ष २०८५/८६ सम्म मुलुकको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रतिशत हुने लक्ष्य सहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय योजना आयोगले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै हाल ३ दशमलव ९ प्रतिशत रहेको मुलुकको आर्थिक बृद्धिदर ७ दशमलव ३ प्रतिशत हुने लक्ष्य राखेको जनाएको हो ।

Ncell
Extreme Energy

त्यस्तै पाँच बर्षमा प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ अमेरिकी डलर पुराउने लक्ष्य रहेको योजना आयोगले जनाएको छ । हाल प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर रहेको छ । आर्थिक वर्ष २०८५/८६ मा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँभन्दा माथि पुग्ने लक्ष्य राखिएको छ भने उपभोक्ता मुद्रास्फीति ५ प्रतिशतमा सिमित गर्ने लक्ष्य लिइएको छ ।

त्यस्तै हाल २० दशमलव ३ प्रतिशत रहेको निरपेक्ष गरिवी १२ दशमलवमा सिमित गर्ने लक्ष्य रहेको योजना आयोगले जनाएको छ । पञ्चवर्षीय योजनामा साक्षरता दर ८५ प्रतिशत, बेरोजगारी दल ५ प्रतिशत, विधुतमा र इन्टरनेटमा पहुँच पुगेको जनसंख्या शत प्रतिशत पुराउने लक्ष्य रहेको छ ।

उत्पादन र रोजगारीलाई प्राथमिकता दिने गरि आवधिक योजना तयार गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले जानकारी दिए । उनले तीनै तहका सरकारको ध्यान पूर्वाधारमा केन्द्रीत हुँदा सामाजिक सूचकमा परेको असरलाई न्यूनकिरण गर्न खोजिएको उनले बताए । 

उनले मुलुकको वास्तविक समस्या समाधान गर्नेगरि योजना तयार गरिएको धारणा राखे । योजना कार्यान्वयनका लागि सम्बन्धीत मन्त्रालय वा केन्द्रीत निकायले आ–आफ्नो व्यवसायीक योजना तयार गरि कार्यान्वयन गर्ने आयोगले जनाएको छ । त्यस्तै योजना कार्यान्वयनका लागि आयोगले सहजीकरण गर्ने जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ होल्ड भएको छ । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनीमाथि स्वार्थको द्वन्द्व देखिएको आरोपसहितका प्रश्न सांसदहरुले तेर्स्याएका थिए...
सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उनले  संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा  धारणा प्रस्तुत गरेका थिए ।