नेभिगेशन
सबै कुरा

नीति कार्यक्रम अनुसारकै बजेट र मौद्रीक नीति सार्वजनिक हुन्छः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीति कार्यक्रम अनुसारकै बजेट र मौद्रीक नीति सार्वजनिक हुने बताएका छन् । 

नेपाल उद्योग बाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले सरकारको नीति तथा कार्यक्रम उत्साहजनक रहेको भन्दै उक्त कार्यक्रम कार्यान्वयन हुने गरि बजेटका साथै मौद्रीक नीति आउने बताएका हुन् । बजेट समेट्न नसक्ने बिषयहरुलाई यस बर्ष नीति तथा कार्यक्रममा समावेश नगरिएको उनको भनाइ छ । उनले सरकार मुलुकमा लगानी मैत्री बातावरण बनाउनका लागि प्रतिवद्ध रहेकोले सरकारलाई आवश्यक सुझाव दिन आग्रह गरे । मन्त्री पुनले रोजगार र उत्पादनका साथै सम्भावना बोकेका क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । “नीति तथा कार्यक्रममा उल्लेख भएका योजना तथा नीतिअनुसार नै बजेट आउँछ  र बजेटसँग मेल खानेगरी मौद्रिक नीति आउँछ । बजेटले समर्थन गर्न नसक्ने विषय नीति तथा कार्यक्रममा राखिएका छैनन्”, अर्थमन्त्री पुनले भने ।  

City Express

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीमैत्री वातावरण बनाउनका लागि कर प्रणालीलाइ पुर्नबिचार गर्न सुझाव दिए । आन्तरिक श्रोतको सिमिततासंगै वैदेशिक सहायतामा समेत कमी आइरहेको सन्दर्भमा स्वदेशी एवं वैदेशिक लगानी र प्रविधि आकर्षित गर्न लगानी प्रवद्र्धन दशकका रुपमा आगामी बर्षदेखि विशेष कार्यक्रम संचालन गर्नुपर्ने उनले बताए । 

उनले कुनै लगानीकर्ताले नाफाको ४० प्रतिशत भन्दा बढि पुर्नलगानी गरेमा आयकरमा छुट दिइनु पर्ने बताए ।  विस्तृत लेखापरीक्षण दुई वर्ष भित्रमा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था हुनुपर्ने उनले सुझाव दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट, निर्वाचनमा सहयोग गर्न आग्रह

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कुलमान घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरीक्षण

कुलमान घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरीक्षण

मंगलवार दिउंसो उनले सिंहदरवार भित्रको प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको भग्नावशेष निरिक्षण गरेका हुन् । उनले हिजोमात्रै मन्त्रीको कार्यभार सम्हालेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्की र सन्दुक रुइतबीच छलफल, के भयो कुराकानी ?

प्रधानमन्त्री सुशीला कार्की र सन्दुक रुइतबीच छलफल, के भयो कुराकानी ?

जवाफमा डा रुइतले आफुले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ । छलफलपछि डा रुइतले आफुले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताए...
मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

मन्त्रिपरिषद् निर्णयः मृतकका परिवारलाई १५ लाख क्षतिपूर्ति, असोज १ गते शोक विदा

सरकारले असोज १ गते  शोक विदा दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद बैठकले केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएको प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय...