नेभिगेशन
सबै कुरा

नीति कार्यक्रम अनुसारकै बजेट र मौद्रीक नीति सार्वजनिक हुन्छः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीति कार्यक्रम अनुसारकै बजेट र मौद्रीक नीति सार्वजनिक हुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल उद्योग बाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले सरकारको नीति तथा कार्यक्रम उत्साहजनक रहेको भन्दै उक्त कार्यक्रम कार्यान्वयन हुने गरि बजेटका साथै मौद्रीक नीति आउने बताएका हुन् । बजेट समेट्न नसक्ने बिषयहरुलाई यस बर्ष नीति तथा कार्यक्रममा समावेश नगरिएको उनको भनाइ छ । उनले सरकार मुलुकमा लगानी मैत्री बातावरण बनाउनका लागि प्रतिवद्ध रहेकोले सरकारलाई आवश्यक सुझाव दिन आग्रह गरे । मन्त्री पुनले रोजगार र उत्पादनका साथै सम्भावना बोकेका क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । “नीति तथा कार्यक्रममा उल्लेख भएका योजना तथा नीतिअनुसार नै बजेट आउँछ  र बजेटसँग मेल खानेगरी मौद्रिक नीति आउँछ । बजेटले समर्थन गर्न नसक्ने विषय नीति तथा कार्यक्रममा राखिएका छैनन्”, अर्थमन्त्री पुनले भने ।  

Ncell
Extreme Energy

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीमैत्री वातावरण बनाउनका लागि कर प्रणालीलाइ पुर्नबिचार गर्न सुझाव दिए । आन्तरिक श्रोतको सिमिततासंगै वैदेशिक सहायतामा समेत कमी आइरहेको सन्दर्भमा स्वदेशी एवं वैदेशिक लगानी र प्रविधि आकर्षित गर्न लगानी प्रवद्र्धन दशकका रुपमा आगामी बर्षदेखि विशेष कार्यक्रम संचालन गर्नुपर्ने उनले बताए । 

उनले कुनै लगानीकर्ताले नाफाको ४० प्रतिशत भन्दा बढि पुर्नलगानी गरेमा आयकरमा छुट दिइनु पर्ने बताए ।  विस्तृत लेखापरीक्षण दुई वर्ष भित्रमा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था हुनुपर्ने उनले सुझाव दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको सुनुवाइ होल्ड, के के छन् आरोप ?

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ होल्ड भएको छ । बुधबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनीमाथि स्वार्थको द्वन्द्व देखिएको आरोपसहितका प्रश्न सांसदहरुले तेर्स्याएका थिए...
सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उनले  संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा  धारणा प्रस्तुत गरेका थिए ।