नेभिगेशन
सबै कुरा

नक्कली डाक्टर पक्राउ

डोटी । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो । 

प्रहरीकाअनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो । उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्रबहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधबार दुवै जनाविरुद्ध इजलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको  छ । 

City Express

प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए । अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै