नेभिगेशन
सबै कुरा

संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरुकाे ऐक्यबद्धता

काठमाडाैँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने नेपाली कांग्रेसको अडानलाई अन्य विपक्षी दहहरुले पनि ऐक्यबद्धता जनाएका छन् । शुक्रबार नेपाली कांग्रेसले बोलाएको विपक्षी दलका शीर्ष नेताको बैठकले छानबिन समिति बनाउने विषयमा सहमती जनाएका हुन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दहरुको बैठकले सहकारी ठगि प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउने विषयमा ऐक्यबद्धता जनाएका हुन् । 

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा संसद्मा हाल देखिएको गतिरोध अन्त्यका सम्बन्धमा प्रतिपक्ष दलको साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित भएको हो ।

बैठकमा जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं शीर्ष नेता सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...