नेभिगेशन
सबै कुरा

४५ वर्षको उमेरमा आफ्नो हस्ताक्षर आफैँ गर्न सिकेकी सरस्वती देवी

महोत्तरी । आफ्नो नाम लेख्न र हस्ताक्षर गर्न सिकेपछि सरस्वतीको अनुहारमा मुस्कान थपिएको छ । मटिहानी  साक्षर नगरपालिका घोषणा सर्वजनिकिकरण कार्यक्रममा  साक्षर भएको प्रमाण पत्र पाएपछि आफु खुशी भएको मटिहानी  कि सरस्वती देवी बताउँछिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१४ वर्षको उमेरमा सरस्वतीको विवाह भएको थियो । घरको कामकाज मैं व्यस्त रही आफ्नो दैनिकी बिताउँदै आएको उनले विद्यालय शिक्षा लिन पाइनन् । ‘आफु पढ्न नसकेपनि बालबच्चा लाई पढाएर अब्बल बनाउने उनको लक्ष्य थियो ।’ सरस्वतीले भनिन् । 

Ncell
Extreme Energy

उनले ३ छोरी लाई प्लस टू सम्मको को शिक्षा दिई विवाह गरिन् । आफ्ना १ छोरा लाई इंजीनियर बनाएर आफ्नो जीवन पूर्ण भएको उनी बताउँछिन् । 

अहिले उनी आफैँ पनि साक्षर भएकी छिन् । साक्षर नगरपालिका घोषणा कार्यक्रम मार्फत उनी साक्षर भएकी हुन् । सरस्वतीको घर साक्षर नगरपालिका घोषणा कार्यक्रमका साक्षरता  सहजकर्ताको टोली पुग्दा अलि अनौठो अनुभव भएको सरस्वती ले बताइन । ४५ वर्ष को उमेरमा साक्षरता सहजकर्ताहरु बाट आफ्नो नाम र आफ्नो हस्ताक्षर गर्न सिकेपछि उनले  सहजकर्ताहरु लाई धन्यवाद दिइन् । उनले अवसर पाए अझै पढ्ने अझै सिख्ने ईक्षा व्यक्त गरिन् । ‘अब औँठा छाप लगाउन पर्दैन , सरकारी अड्डामा हस्ताक्षर गर्न सक्छु ।’ सरस्वती देवीले खुशी व्यक्त गरिन् ।

विहीवार मटिहानी नगरपालिका साक्षर नगरपालिका घोषणा भएको छ । पन्ध्र स्थानीय तह रहेको महोत्तरी जिल्लामा मटिहानी दोस्रो साक्षर नगरपालिका भएको छ भने मधेश प्रदेशको पाँचौ साक्षर नगरपालिका मटिहानी भएको हो ।

२०८० साल असोज महिना देखी नगरपालिकाको ९ वटै वडामा ७२ जना साक्षरता सहजकर्ताको सहयोगमा साक्षर अभियान संचालन गरिएको थियो । 

१५ देखी ६० वर्ष उमेर समुहका महिला पुरुषलाई व्यवहारिक सीप सहित आफ्नै नाम ठेगाना लेख्न,परिवारको नाम ठेगाना लेख्न पढ्न सक्ने,घड़ीको समय बताऊन सक्ने लगायत साक्षरतका १२ वटा सुचक पुरा गरी नगरपालिकाको करीब ३६ सय  नागरिकलाई मटिहानी नगरपालिकाले साक्षर घोषणा गरेको छ । यस सँगै नगरपालिकाको साक्षरतका दर ९५.१६ प्रतिशत रहेको  साक्षर नगर घोषणा समितिका सदस्य सचिव चन्देश्वर साहले साक्षरता प्रतिवेदन मार्फ़त जानकारी गराएका हुन् ।

यस अघि महोत्तरीको जलेश्वर नगरपालिका साक्षर नगरपालिका घोषणा भइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।