नेभिगेशन
सबै कुरा

इलाममा १ सय ७७ रोपनी सार्वजनिक जग्गा फनपार्कको कव्जामा,जमिन फिर्ता गराउन प्रशासनको आलटाल

इलाम । निजी फनपार्कले हडपेको १ सय ७७ रोपनी सार्वजनिक तथा सामुदायिक वनको जमिन फिर्ता गराउन प्रशासनबाटै वेवास्ता गरेको पाइएको छ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माई नगरपालिका स्थित चेप्टी फनपार्कले ओगटेको २ सय १८ रोपनी जग्गा मध्ये ४१ रोपनी जग्गा मात्रै कम्पनीको रहेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी र उच्च अदालत विराटनगर इलाम इजलासले बाँकी जग्गा खाली गराउन आदेश दिएको थियो ।

Ncell
Extreme Energy

तर, जिल्ला प्रशासन कार्यालय इलाम र डिभिजन वन कार्यालय इलामले अख्तियार र अदालतको निर्णय कार्यान्वयन गराउन आलटाल गरेका छन् । सामुदायिक वनको जग्गामा फन पार्क निर्माण भइरहेको भन्दै २०७८ साल माघ ६ गते अख्तियारको कार्यालय इटहरीमा उजुरी परेको थियो । 

अख्तियारले २०७९ साल साउन २० गते डिभिजन वन कार्यालय इलामलाई पत्र लेख्दै ह्यापी ड्रिम्स चेप्टी प्रालिको स्वामित्वमा रहेको ४१ रोपनी जग्गा बाहेक अन्य अतिक्रमित जग्गा खाली गराई वन क्षेत्र कायम गर्न निर्देशन दिएको थियो । 

यस्तै उच्च अदालत विराटनगर इलाम इजलासले समेत अतिक्रमित जग्गा नियम अनुसार खाली गराउनु भनेर २०८० साल असार ५ गते आदेश दिएको थियो ।

अख्तियार र अदालतले समेत अतिक्रमित जग्गा खाली गराउन कानुनी बाटो खोलिदिएपनि डिभिजन वन र जिल्ला प्रशासन बैठकमा मात्र सिमित देखिन्छन् । विभिन्न समयमा बैठक बसेतापनि निर्णय कार्यान्वयन हुन सकेको छैन ।


इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा गत चैत्र १९ गते बसेको बैठकले नापी कार्यालयको प्राविधिक सहयोगमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय इलामका प्रतिनिधि साथै माई नगरपालिकाका प्रतिनिधि समेतको रोहबरमा फिल्ड निरिक्षण गरी सिमाना छुट्याउने निर्णय गरेता पनि अहिलेसम्म काम भएको छैन् ।

यस्तै सोही बैठकले ह्यापी ड्रिम्स प्रालिका संचालकलाई १५ दिनको म्याद राखी जमिन खाली गर्न पत्रचार गर्ने र सो समयमा पनि खाली नगरेमा म्याद सकिएको भाली पल्टनै बल प्रयोग गरि ४१ रोपनी बाहेको जग्गा खाली गर्ने निर्णय गरेको थियो । निर्णय भएको करिब डेढ महिना वितिसक्दा पनि उपनिर्वाचनलाई देखाउँदै जिल्ला प्रशासन र वन कार्यालय पन्छिने गरेका छन् ।


प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अब चाँडैनै फनपार्कले ओगटेको सार्वननिक जग्गा खालि गराईने बताए । उनले भने ,उपनिर्वाचनले केही दिन ढिला भयो अब चाँडैनै हामी काम गरेर देखाउने छौं ।

डिभिजन वन कार्यालयका अनुसार दुई सय १८ रोपनी क्षेत्रफलमा फैलिएको यो फनपार्कको नाममा ४१ रोपनी मात्र जमिन छ । एक सय ३२ रोपनी सार्वजनिक जमिन र ४५ रोपनी सामुदायिक वन क्षेत्रको गरि १ सय ७७ रोपनी जमिन फन पार्कले हडपेको पाइएको छ ।

फनपार्कमा झापाका दिनेश शिवाकोटीको लगानी रहेको छ ।शिवाकोटीले माई नगरपालिकाका स्थानियबाट जमिन खरिद गरेको बताउने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...