नेभिगेशन
सबै कुरा

इलाममा १ सय ७७ रोपनी सार्वजनिक जग्गा फनपार्कको कव्जामा,जमिन फिर्ता गराउन प्रशासनको आलटाल

इलाम । निजी फनपार्कले हडपेको १ सय ७७ रोपनी सार्वजनिक तथा सामुदायिक वनको जमिन फिर्ता गराउन प्रशासनबाटै वेवास्ता गरेको पाइएको छ।   

माई नगरपालिका स्थित चेप्टी फनपार्कले ओगटेको २ सय १८ रोपनी जग्गा मध्ये ४१ रोपनी जग्गा मात्रै कम्पनीको रहेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी र उच्च अदालत विराटनगर इलाम इजलासले बाँकी जग्गा खाली गराउन आदेश दिएको थियो ।

तर, जिल्ला प्रशासन कार्यालय इलाम र डिभिजन वन कार्यालय इलामले अख्तियार र अदालतको निर्णय कार्यान्वयन गराउन आलटाल गरेका छन् । सामुदायिक वनको जग्गामा फन पार्क निर्माण भइरहेको भन्दै २०७८ साल माघ ६ गते अख्तियारको कार्यालय इटहरीमा उजुरी परेको थियो । 

अख्तियारले २०७९ साल साउन २० गते डिभिजन वन कार्यालय इलामलाई पत्र लेख्दै ह्यापी ड्रिम्स चेप्टी प्रालिको स्वामित्वमा रहेको ४१ रोपनी जग्गा बाहेक अन्य अतिक्रमित जग्गा खाली गराई वन क्षेत्र कायम गर्न निर्देशन दिएको थियो । 

यस्तै उच्च अदालत विराटनगर इलाम इजलासले समेत अतिक्रमित जग्गा नियम अनुसार खाली गराउनु भनेर २०८० साल असार ५ गते आदेश दिएको थियो ।

अख्तियार र अदालतले समेत अतिक्रमित जग्गा खाली गराउन कानुनी बाटो खोलिदिएपनि डिभिजन वन र जिल्ला प्रशासन बैठकमा मात्र सिमित देखिन्छन् । विभिन्न समयमा बैठक बसेतापनि निर्णय कार्यान्वयन हुन सकेको छैन ।


इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा गत चैत्र १९ गते बसेको बैठकले नापी कार्यालयको प्राविधिक सहयोगमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय इलामका प्रतिनिधि साथै माई नगरपालिकाका प्रतिनिधि समेतको रोहबरमा फिल्ड निरिक्षण गरी सिमाना छुट्याउने निर्णय गरेता पनि अहिलेसम्म काम भएको छैन् ।

यस्तै सोही बैठकले ह्यापी ड्रिम्स प्रालिका संचालकलाई १५ दिनको म्याद राखी जमिन खाली गर्न पत्रचार गर्ने र सो समयमा पनि खाली नगरेमा म्याद सकिएको भाली पल्टनै बल प्रयोग गरि ४१ रोपनी बाहेको जग्गा खाली गर्ने निर्णय गरेको थियो । निर्णय भएको करिब डेढ महिना वितिसक्दा पनि उपनिर्वाचनलाई देखाउँदै जिल्ला प्रशासन र वन कार्यालय पन्छिने गरेका छन् ।


प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अब चाँडैनै फनपार्कले ओगटेको सार्वननिक जग्गा खालि गराईने बताए । उनले भने ,उपनिर्वाचनले केही दिन ढिला भयो अब चाँडैनै हामी काम गरेर देखाउने छौं ।

डिभिजन वन कार्यालयका अनुसार दुई सय १८ रोपनी क्षेत्रफलमा फैलिएको यो फनपार्कको नाममा ४१ रोपनी मात्र जमिन छ । एक सय ३२ रोपनी सार्वजनिक जमिन र ४५ रोपनी सामुदायिक वन क्षेत्रको गरि १ सय ७७ रोपनी जमिन फन पार्कले हडपेको पाइएको छ ।

फनपार्कमा झापाका दिनेश शिवाकोटीको लगानी रहेको छ ।शिवाकोटीले माई नगरपालिकाका स्थानियबाट जमिन खरिद गरेको बताउने गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...