नेभिगेशन
सबै कुरा

ढाका कुमारलाई रास्वपाको चुनौती, प्रमाण ल्याउनुस् ७२ घण्टामा कारवाही गछौँ

२७ भदौ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित पूर्व सांसद डा. ढाका कुमार श्रेष्ठले पार्टीका केन्द्रिय सदस्यले मन्त्री बनाउन ३ करोड रुपैयाँ माग गरेको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  साथै पार्टीको कुनै तहको पदाधिकारी वा केन्द्रिय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा. ढाका कुमार वा जो कोही आएपनि पार्टीले त्यस्ता सदस्यलाई प्रमाण पेश भएको ७२ घण्टाभित्र कारवाही गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

बुधबार विज्ञप्ती जारी गर्दै ढाकाकुमारलाई पार्टीबाट कसैले पैसा मागेको हो ? भनी सोध्दा उनले इन्कार गरेको उल्लेख गरेको छ । विज्ञप्तीमा ढाका कुमारलाई स्पष्टिकरणको मौका दिइएको बताइएको छ । सो क्रममा उनले आफूलाई जोगाईदिनुपर्यो, नत्र पार्टीको जोकोहीको नाम पोल्दिन्छु, पार्टीलाई सक्काइदिन्छु भनेर धम्की दिएको र सो धम्कीको अडियो पार्टीसँग सुरक्षित रहेको बताइएको छ । 

साथै ढाका कुमार श्रेष्ठले उक्त अडियो आफ्नो नभएको दावी गरेपनि प्रमाण पेश गर्न नसकेको बताएका छन् । साथै को रटिम पनि खुलाउन नसकेको विज्ञप्तीमा उल्लेख छ । पार्टीले ढाका कुमारले बिभिन्न संभारमाध्यममा नाम लिएका केन्द्रिय सदस्य मोहनजंग थापासँग सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसदमा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।