नेभिगेशन
सबै कुरा

स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियममा ७ सय पुगे सदस्य

बेल्जियम । स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमले आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । २० मे का दिन बेल्जियमको औडनार्दमा रहेको शिव मन्दिरमा एक भव्य कार्यक्रम गरिएको सम्पर्क मञ्चले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रमका प्रमुख अतिथि श्रममन्त्री अर्यालले सरकारले नतिजा निकाल्ने गरी काम गरिरहेको बताएका थिए । त्यसैगरी प्रवास कमिटीका सचिव पदमराज पन्थीले रास्वपा माथि नेपाली कांग्रेसले राजनैतिक दादागिरी गरेको र  अध्यक्ष रवि लामिछाने माथि नचाहिँदो र गलत आरोप लगाएको धारणा राखेका थिए ।

Ncell
Extreme Energy

साथै युरोप हेर्ने प्रमुख तोया राज अधिकारीले बेल्जियमको स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्चले राम्रो काम गरेको र भविष्यमा अझै राम्रा काम, संगठन विस्तार लगायत मिसन ८४ का लागि हरसम्भव सहयोग गर्नका लागि बढ्ने बताए । 

कार्यक्रममा सचिव डा। गोकर्ण पाण्डेयले आफ्नो एक वर्षे प्रतिवेदन पनि प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमको पहिलो वर्ष धेरै उपलब्धि पूर्ण रहेको र बेल्जियमवासी नेपालीहरूको साथ र समर्थनले गर्दा  बेल्जियममा ७०० भन्दा बढी सदस्य तथा समर्थकहरू स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमसँग जोडिएको, ३ वटा शहरमा शाखा समिति गठन भैसकेका तथा अन्य ५ वटा शहरमा शाखा समिति गठन गर्न अन्तिम चरणमा पुगेको उल्लेख छ । पहिलो वर्षको अन्तरालमा मञ्च नेपालीहरूको दुखमा साथ दिदैँ विभिन्न कार्यका लागि करिब १३ लाखको आर्थिक सहयोग जुटाएको पनि प्रतिवेदनमा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
साउदी अरब र हुथीबीच तनाव बढ्यो, इरानद्वारा मध्यस्थताको प्रस्ताव

साउदी अरब र हुथीबीच तनाव बढ्यो, इरानद्वारा मध्यस्थताको प्रस्ताव

इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन तथा जारी द्वन्द्वको राजनीतिक समाधान खोज्न आवश्यक सहयोग उपलब्ध गराउन आफू तयार रहेको जनाएको छ।
अन्तत: रुसबाट तेल आयात गर्ने ट्रम्पको निर्णय, अमेरिकामा खैलाबैला, जेलेन्स्की आक्रोशित

अन्तत: रुसबाट तेल आयात गर्ने ट्रम्पको निर्णय, अमेरिकामा खैलाबैला, जेलेन्स्की आक्रोशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट अमेरिकामा तेल तथा इन्धन आयात गर्ने घोषणा गरेका छन्।
साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार...