नेभिगेशन
सबै कुरा

कोषका कोषाध्यक्षकै निर्देशनमा पशुपतिकाे भेटी चाेरी

काठमाडाैँ । पशुपतिनाथ मन्दिरको भेटी चोरी गर्ने कार्यमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षनै संलग्न रहेको पाइएको छ । भेटी चोरी गरेको आरोपमा पक्राउ परेका अनिल परियारले आफूहरुले कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीकै निर्देशनमा भेटी चोरेको बयान दिएका छन् । 

कोषको संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको सूचनापछि निगरानी गरेको कोषले सिसिटिभी फुटेजमा नै कर्मचारीले भेटी चोरेको पाएपछि प्रहरी वृत्त गौशालालाई जानकारी गराएको थियो । कोषको जानकारीपछि पुगेको प्रहरी टोलीले सोमबार भेटी चोरिरहेको अवस्थामा कोषका सात जना कर्मचारीसहित ८ जनालाई पक्राउ गरेको थियो । 

City Express

पक्राउ पर्नेहरुमा कोषका कर्मचारी नवराज ढोडारी, ब्राह्मणहरू नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, बाजा बजाउने कर्मचारीहरू अनिल परियार, सनिष कपाली, कुमार दमाइ र नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको रकम संकलन केन्द्रका एक कर्मचारी रहेका छन् ।

पशुपतिनाथ मन्दिरबाट दैनिक तीन लाखदेखि तीन लाख ५० हजार रुपैयाँसम्म भेटी संकलन हुँदै आएको छ । तर पछिल्लो समय उक्त रकम घटेपछि निगरानी गरेको कोषले अभियुक्तहरुले ज्याकेटमा भेटी लुकाएर लाने गरेको पाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै