नेभिगेशन
सबै कुरा

नागरिकता किर्तेमा पक्राउ परेका कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडाैँ । नागरिकता किर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । दोहोरो नागरिकता लिएको अभियोगमा मंगलबार पक्राउ परेका सिरोहियालाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको हो । 

सिरोहियाविरुद्ध नागरिकता किर्तेमा बैशाख १६ गते जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा उनीविरुद्ध नागरिकता किर्तेमा जाहेरी दर्ता भएको हो ।

City Express

सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले मंगलबार प्रहरीलाई अनुमति दिएको थियो । जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको थियो । अदालतको अनुमतीपछि पक्राउ गरेर धनुषा पुर्याइएका उनीविरुद्ध अनुसन्धान गर्न म्याद थप गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै