नेभिगेशन
सबै कुरा

एमोलेलाई विश्वप्रकाश शर्माको जवाफः ‘कांग्रेसलाई आरोप लगाएपछि त्यसको प्रतिवाद गरेको हुँ

काठमाडौँ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिवन्धुका बिषयमा पहिला एमाले अध्यक्षले नै कांग्रेसमाथि आरोप लगाएकाले त्यसको प्रतिवाद गरेको बताएका छन् । सोमबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै शर्माले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले  कसैमाथि लागेको आरोपको प्रतिवाद गर्ने छुट सवैलाई भएको भन्दै आफुले तथ्यसहित गिरिबन्धुका बिषयमा धारणा राखेको उल्लेख गरे । ‘सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक गरेको छ। कांग्रेसको कसैले केही पनि प्रतिक्रिया दिएको थिएन। पहिलो आक्रामक प्रतिक्रिया त सम्माननीय केपी ओलीकै थियो। शर्माले भने, ‘उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो। उहाँले आरोप लगाउन छुट दिने, प्रतिवाद गर्न चाहिँ उहाँलाई सोध्नुपर्ने ?  कांग्रेसलाई हुँदै नभएको कुरामा आरोप लगाएपछि मौन धारणा गरेर त हुँदैन नि।’

Ncell
Extreme Energy

यसअघि सोमबार नै बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा एमालेका नेताहरुले केपी ओलीमाथि कांग्रेसले प्रायोजित पूर्वाग्राही तथ्यहीन गलत आरोप लगाएको भन्दै लिखित रूपमा क्षमायाचना गर्नुपर्ने र सार्वजनिक माफी माग्नुपर्ने जनाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...