नेभिगेशन
सबै कुरा

कैलाश सिरोहिया हाजिरी जमानिमा रिहा

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानिमा रिहा भएका छन् । उनकाे स्वास्थ्य अवस्थाका कारण परिवारको जिम्मा लगाइएकाे हाे । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा उनलाई रिहा गरिएको हो । प्रहरीले सिरोहियाका छोरा सम्भव सिरोहियाको जिम्मा लगाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय धनुषाकाे हिरासतमा रहेका सिराेहियाकाे मुटुको चालमा समस्या देखिएपछि प्रहरीको निगरानीमा अस्पताल राखिएकाे थियाे । जनकपुरको काब्या अस्पताल भर्ना भएका सिराेहियालाई म‌गलबार हेलिकप्टरमार्फत ललितपुरकाे मेडिसिटी अस्पताल ल्याइएको थियो । 

Ncell
Extreme Energy

जिल्ला अदालत धनुषाले सिरोहियालाई जेठ १४ गते तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसअघि जेठ ९ गते र ११ गते पनि तीन/तीन दिनको म्याद दिइएको थियो । 

सिरोहियाविरुद्ध नागरिकता किर्तेमा बैशाख १६ गते जाहेरी परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा उनीविरुद्ध नागरिकता किर्तेमा जाहेरी दर्ता भएको थियो । 

सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले जेठ ८ गते अर्थात मंगलबार प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले सोही दिन उनलाई पक्राउ गरी धनुष लगेको थियो । अदालतको अनुमतीपछि पक्राउ गरेर धनुषा पुर्याइएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...

भर्खरै