नेभिगेशन
सबै कुरा

सन्चो अस्पतालका ७८ स्वाथ्यकर्मीले बुझाए सामूहिक राजीनामा, आकस्मिकबाहेक अन्य सेवा ठप्प

२९ भदौ, मकवानपुर । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले सामूहिक राजिनामा दिएका छन् । उनीहरुले उक्त अस्पतालमा कार्यरत डा. विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गर्नेहरुलाई कारवाहीको माग गर्दै आज आकस्मिक बाहेकका सबै सेवा समेत ठप्प परेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएको हो । उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै चिकित्सक आन्दोलित भएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए । उक्त घटनाको विरोधमा हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवाबाहेक सबै सेवा बन्द गरिएको उनको भनाइ छ । उनका अनुसार अस्पतालमा ओपिडी, बिरामी भर्ना र ल्याबलगायतका सेवा बन्द छन् । जिल्लाका अन्य अस्पताल तथा क्लिनिकमा पनि आकस्मिक र फार्मेसी सेवामात्रै सञ्चालनमा रहेको उनले बताए । 

Ncell
Extreme Energy

उक्त घटनालाई लिएर हेटौँडा अस्पतालका ७८  चिकित्सकसहितका स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएको सापकोटाले जानकारी दिए । 

हेटौंडामा डाक्टरमाथि कुटपिट गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन चिकित्सक संघले अल्टिमेटम दिएको थियो । बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सरकारलाई अल्टिमेटम दिएको हो । उक्त समयभित्र घटनामा संलग्न दोषीलाई बारबाही नगरे आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएका थिए । 

तर घटना भएको ४८ घण्टा बित्दा समेत प्रहरीले दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई सामूहिक पत्राचारमार्फत आन्दोलनको जानकारी गराइएको छ । 

सीसीटीभी फुटेजको आधारमा प्रहरीले उक्त घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ । उनीहरु सबैजना मृतकका आफन्त हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।
बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले...