नेभिगेशन
सबै कुरा

बजेटबारे ओलीको टिप्पणीः ‘अर्थमन्त्रीको बजेट होकी उनको पार्टीको ? ’

काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटको आलोचना गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले बजेट अर्थमन्त्रीको  र उनको पार्टीको बजेट जस्तो देखिन गएको टिप्पणी गरे ।सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्ने भन्दै छलफल नहुँदा बजेट एकपक्षीय भएको बताए । 

Ncell
Extreme Energy

बजेटमा रकमको बाँडफाँड पनि एकातिरमात्रै ढल्केजस्तो देखिएको र बजेटको समग्र निर्माण प्रक्रियामा कमी देखिएको धारणा ओलीको छ । बजेटलाई एमालेले स्वीकार गर्ने भन्दै ओलीले मुलुकले समाजवाद निर्माणको बाटो लिएको अवस्थामा त्यसका आधारहरू तयार गरि समाजवाद उन्मुख बजेट, नीति तथा कार्यक्रम र योजनाहरू समाउन नसिकएकाले केही अन्यौल देखिएको बताए । 

बजेटमा अन्य धेरै राम्रा कार्यक्रमहरू आएको भन्दै ओलीले बजेटमा देखिएका कमीलाई औँल्याउदै एमालेले बजेटलाई समर्थन र पारित गर्ने स्पष्ट पारे ।

बजेटमा रहेका आफ्ना मतहरुलाई संसद्मा हुने छलफलका क्रममा स्पष्ट राख्न र पर्याप्त छलफल गर्दै पारित गर्ने वातावरण बनाउन आफ्ना सांसदहरूलाई निर्देशन दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।