नेभिगेशन
सबै कुरा

हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यति पटक टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिरहेका छैनौँ : मनिष झा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरु जेलमा बसेको र बागबजारमा टायर बालेको योग्यता देखाएर राजनीतिमा नआएको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाको जवाफमा सो अभिव्यक्ति दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका गगन थापाले आफूहरुको आन्दोलनले प्रजातन्त्र र गणतन्त्र आएको र त्यसबखत अहिले अवस्था परिवर्तन गर्ने नाममा उदाएकाहरु कहाँ थिए भन्ने रास्वपालाई व्यंग्य गर्दै अभिव्यक्ति दिएका थिए । त्यसको जवाफमा सांसद झाले व्यवस्था परिवर्तनमा गरेको योगदानलाई धन्यवाद दिँदै सोही जेलमा बसेको र टायर बालेको आफूहरुको योग्यता नभएको बताएका हुन्, ‘हामी अरु केही विकल्प नभएर राजनीतिमा आएका राजनीतिज्ञ हैनौँ । हाम्रो विगत कमजोर पनि थिएन’, उनले थपे, ‘हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यति पटक टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिरहेका पनि छैनौँ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले सँधैभरि व्यवस्थाको ब्याज खाएर नहुने र अवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् । ‘जसरी कोर्ष परिवर्तन हुन्छ, त्यसैगरि करिकुलम पनि परिवर्तन गर्नुपर्छ । हामी जुन कक्षामा पढ्छौँ, त्यहि कक्षाको करिकुलम हुनुपर्छ । हामी पाँच कक्षाको करिकुलम पढेर एसइई पढ्नका लागि त्यहि किताब पढ्नुपर्छ ।’, उनले भने, 'यो देशको राजनीतिमा कोर्षमा धेरैपटक परिवर्तन भयो । सात दशकमा सात पटक संविधान परिवर्तन भयो । ७ दशकमा ६ पटक राजनीतिक व्यवस्था परिवर्तन भयो । तर अवस्था अलिअलि मात्र भयो ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।

भर्खरै