नेभिगेशन
सबै कुरा

हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यति पटक टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिरहेका छैनौँ : मनिष झा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरु जेलमा बसेको र बागबजारमा टायर बालेको योग्यता देखाएर राजनीतिमा नआएको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाको जवाफमा सो अभिव्यक्ति दिएका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका गगन थापाले आफूहरुको आन्दोलनले प्रजातन्त्र र गणतन्त्र आएको र त्यसबखत अहिले अवस्था परिवर्तन गर्ने नाममा उदाएकाहरु कहाँ थिए भन्ने रास्वपालाई व्यंग्य गर्दै अभिव्यक्ति दिएका थिए । त्यसको जवाफमा सांसद झाले व्यवस्था परिवर्तनमा गरेको योगदानलाई धन्यवाद दिँदै सोही जेलमा बसेको र टायर बालेको आफूहरुको योग्यता नभएको बताएका हुन्, ‘हामी अरु केही विकल्प नभएर राजनीतिमा आएका राजनीतिज्ञ हैनौँ । हाम्रो विगत कमजोर पनि थिएन’, उनले थपे, ‘हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यति पटक टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिरहेका पनि छैनौँ ।’

CG

त्यस्तै उनले सँधैभरि व्यवस्थाको ब्याज खाएर नहुने र अवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् । ‘जसरी कोर्ष परिवर्तन हुन्छ, त्यसैगरि करिकुलम पनि परिवर्तन गर्नुपर्छ । हामी जुन कक्षामा पढ्छौँ, त्यहि कक्षाको करिकुलम हुनुपर्छ । हामी पाँच कक्षाको करिकुलम पढेर एसइई पढ्नका लागि त्यहि किताब पढ्नुपर्छ ।’, उनले भने, 'यो देशको राजनीतिमा कोर्षमा धेरैपटक परिवर्तन भयो । सात दशकमा सात पटक संविधान परिवर्तन भयो । ७ दशकमा ६ पटक राजनीतिक व्यवस्था परिवर्तन भयो । तर अवस्था अलिअलि मात्र भयो ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनतर्फ सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार

प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा छ र डोटीमा एक जना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कूल २१० जनाको...
गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

गण्डकी प्रदेशका १८ सिटमा रास्वपाका क-कसकाे मनाेनयन (सूची)

रास्वपाले गण्डकी प्रदेशका १७ मध्ये १७ वटा सिटमा मात्रै उम्मेदवार उठाएको छ।
धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

धादिङ २ एमाले टिकटमा लफडा: पहिले घलेबाट चन्द्रले खोसे, अहिले चन्द्रबाट घलेले

एमालेले फेरि धनबहादुर घलेलाई नै आफ्नो उम्मेदवार बनाएको छ । एमालेले आइतबार घलेलाई क्षेत्र नम्बर २ बाट टिकट दिएको थियो तर, मंगलबार घलेको टिकट खोसेर एमाले चन्द्र रिजाललाई...
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...