नेभिगेशन
सबै कुरा

शिक्षा मन्त्रालय र थापाथली इन्जिनियरिङ क्याम्पसबिच नवप्रवर्तन सर्वेक्षण सञ्चालन गर्ने सहमति

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ईण्डष्ट्रियल इन्जिनियरिङ विभाग, थापाथली क्याम्पसबिच नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी भएको छ । 

औद्योगिक प्रतिष्ठानहरूमा उत्पादन तथा उत्पादकत्व वृद्धि तथा प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्न नवप्रवर्तनको महत्त्वपूर्ण भूमिका रहने भएकोले उद्योगमा भएको नवप्रवर्तनको स्तर अध्ययन गर्न तथा उद्योगहरूमा नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्न समझदारी गरिएको मन्त्रालयले जनाएको छ । 

Dish home
City Express

आइतबार मन्त्रालयको तर्फबाट सिडिई मनीषा महर्जन र क्याम्पसको तर्फबाट इणडष्ट्रियल इन्जिनियरिङ विभागका प्रमुख सुशान्तराज गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता पछि विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सम्झौता प्रस्थान बिन्दु भएको बताइन् । मन्त्री श्रेष्ठले भनिन्,‘यो सम्झौता प्रस्थान बिन्दु हो। अनुसन्धान, नवप्रवर्तन, व्यवसायिकता र उद्यमशीलतालाई उच्च शिक्षाको अभिन्न अङ्गको रूपमा विकास गर्न इन्डस्ट्री एकेडेमिया इन्टरफेस’ अनुरूप अघि बढ्ने हाम्रो नीति बजेटमै समावेश भैसकेको छ।’

समझदारी अनुसार क्याम्पसले उद्योगहरूमा संलग्न नवप्रवर्तन सर्वेक्षण, २०२४ को प्रश्नावली अनुसार नवप्रवर्तन सर्वेक्षण (Business Innovation Survey) कार्यक्रम सञ्चालन गर्नेछ ।  उक्त सर्वेक्षण कार्यक्रममा औद्योगिक इन्जिनियरिङ (Industrial Engineering)  विषयमा कम्तीमा तेस्रो वर्षमा अध्ययनरत स्नातक तहका दश जना विद्यार्थीहरूलाई खटाउनु पर्नेछ। क्याम्पसको विभागले मेरिटका आधारमा सर्वेक्षण कार्यमा खटिने विद्यार्थीहरूको छनौट गरी मन्त्रालयमा जानकारी गराउनु पर्नेछ ।

प्रत्येक विद्यार्थीले १२ वटा उद्योगको उद्योग स्थलमा गई नवप्रवर्तन सर्वेक्षण गर्नेछन् ।  सर्वेक्षण तथा प्रतिवेदनको समयावधि एक महिनाको हुनेछ । सर्भेक्षणमा सहभागी हुने विद्यार्थीहरूलाई सामान्य खाजा खर्च र सर्भेक्षण खर्च उपलब्ध गराउनेछ। सर्वेक्षणका लागि विभागले आफै उद्योगहरूको छनौट गर्न सक्नेछ । उद्योगहरूको सूची सर्वेक्षण गर्नु अगावै मन्त्रालयमा पेश गर्नुपर्नेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, ५९ हजार ६९३ जना परीक्षार्थी अवर्गीकृत

बोर्डले नतिजा हेर्न IVR / SMS - USSD, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र पनिका कक्षा १० को www.see.gov.np बाट नतिजा हेर्न सकिने व्यवस्था गरेको छ ।
सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको ४ बुँदे निर्देशन

परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिएका हुन् ।
शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।
त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिविमा कात्तिक ११ गतेसम्म पठनपाठन बन्द

त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गर्दै देशमा देखिएको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै पठनपाठन बन्द गर्ने निर्णय भएको जनाएको छ ।