नेभिगेशन
सबै कुरा

शिक्षा मन्त्रालय र थापाथली इन्जिनियरिङ क्याम्पसबिच नवप्रवर्तन सर्वेक्षण सञ्चालन गर्ने सहमति

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ईण्डष्ट्रियल इन्जिनियरिङ विभाग, थापाथली क्याम्पसबिच नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

औद्योगिक प्रतिष्ठानहरूमा उत्पादन तथा उत्पादकत्व वृद्धि तथा प्रतिस्पर्धात्मक क्षमतामा सुधार गर्न नवप्रवर्तनको महत्त्वपूर्ण भूमिका रहने भएकोले उद्योगमा भएको नवप्रवर्तनको स्तर अध्ययन गर्न तथा उद्योगहरूमा नवप्रवर्तन सर्वेक्षण कार्यक्रम सञ्चालन गर्न समझदारी गरिएको मन्त्रालयले जनाएको छ । 

Ncell
Extreme Energy

आइतबार मन्त्रालयको तर्फबाट सिडिई मनीषा महर्जन र क्याम्पसको तर्फबाट इणडष्ट्रियल इन्जिनियरिङ विभागका प्रमुख सुशान्तराज गिरीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौता पछि विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सम्झौता प्रस्थान बिन्दु भएको बताइन् । मन्त्री श्रेष्ठले भनिन्,‘यो सम्झौता प्रस्थान बिन्दु हो। अनुसन्धान, नवप्रवर्तन, व्यवसायिकता र उद्यमशीलतालाई उच्च शिक्षाको अभिन्न अङ्गको रूपमा विकास गर्न इन्डस्ट्री एकेडेमिया इन्टरफेस’ अनुरूप अघि बढ्ने हाम्रो नीति बजेटमै समावेश भैसकेको छ।’

समझदारी अनुसार क्याम्पसले उद्योगहरूमा संलग्न नवप्रवर्तन सर्वेक्षण, २०२४ को प्रश्नावली अनुसार नवप्रवर्तन सर्वेक्षण (Business Innovation Survey) कार्यक्रम सञ्चालन गर्नेछ ।  उक्त सर्वेक्षण कार्यक्रममा औद्योगिक इन्जिनियरिङ (Industrial Engineering)  विषयमा कम्तीमा तेस्रो वर्षमा अध्ययनरत स्नातक तहका दश जना विद्यार्थीहरूलाई खटाउनु पर्नेछ। क्याम्पसको विभागले मेरिटका आधारमा सर्वेक्षण कार्यमा खटिने विद्यार्थीहरूको छनौट गरी मन्त्रालयमा जानकारी गराउनु पर्नेछ ।

प्रत्येक विद्यार्थीले १२ वटा उद्योगको उद्योग स्थलमा गई नवप्रवर्तन सर्वेक्षण गर्नेछन् ।  सर्वेक्षण तथा प्रतिवेदनको समयावधि एक महिनाको हुनेछ । सर्भेक्षणमा सहभागी हुने विद्यार्थीहरूलाई सामान्य खाजा खर्च र सर्भेक्षण खर्च उपलब्ध गराउनेछ। सर्वेक्षणका लागि विभागले आफै उद्योगहरूको छनौट गर्न सक्नेछ । उद्योगहरूको सूची सर्वेक्षण गर्नु अगावै मन्त्रालयमा पेश गर्नुपर्नेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...
केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

केएमसीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख बढी सहयोग

विद्यालयका अनुसार कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट...

भर्खरै