नेभिगेशन
सबै कुरा

विवादकै बिच सडक विभागले पिच गर्यो महानगरले भत्काएको न्युरोडको बाटो

काठमाडौँ । काठमाडौँको न्यूरोडमा काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तारका लागि भत्काएको सडक किनारा सडक विभागले पीच गरेको छ। सोमबार बिहान सडक विभागको टोली न्यूरोड पुगेर महानगरले भत्काएको सडक किनारामा ग्राभेल भर्ने, कालोपत्रे हालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा सडक विभागका कर्मचाी, महानगर प्रहरी र अन्य व्यक्तिहरुबीच केही विवाद भएको थियो । 

Ncell
Extreme Energy

काठमाडौँ महानगरपालिकाले फुटपाथ मापदण्ड भन्दा कम भएको भन्दै मुख्य सडकको किनारा काटेर फुटपाथ विस्तार गर्न लागेको थियो । साथै महानगरपालिकाले यसअघिनै सडक विभागलाई पत्र काटेर फुटपाथ विस्तारका विषयमा जवाफ मागेपनि सडक विभागले कुनै जवाफ नदिएको महानगरको मेयर बालेन्द्र साह बालेनले नगर समितिको बैठकमा बताएका थिए । 

साथै दैनिक एक लाख पैदल यात्रु हिड्ने फुटपाथ मापदण्ड अनुरुप नभएको भन्दै मापदण्ड अनुसारको फुटपाथ बनाउनका सडक काटिएको जवाफ दिएको थिए । 

त्यसपछि गत शुक्रबार विभागले बालेनसँग जवाफ माग्दै कानुनी प्रक्रियामा जाने बताएको थियो । तर आज भने विभागले भत्काएको सडक पुरेको हो । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।