नेभिगेशन
सबै कुरा

ओली बालेनः न्युरोडमा आमनेसामने, फेसबुकमा गुड नाइट !

काठमाडौं । काठमाडौ महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जेलको बसाई सम्झाउँदै सोमबार बिहान फेसबुकमा स्ट्याटस लेखे । गिरीबन्धु चिया बगानमा भएको घोटलामा बालेनले ओलीलाई सो स्ट्याटसमा मुछेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरले फुटपाथ बनाउन खनेको ठाउँलाई टाल्दै गरेका सडक डिभिजन काठमाडौँका कर्मचारी र सो गर्नबाट रोक्न तल्लिन नगर प्रहरीबीच न्युुरोडमा घम्साघम्सी चलिरहेको बेला मेयर बालेनले यस्तो टिप्पणी सामाजिक सञ्जालमा लेखेका थिए । 

Ncell
Extreme Energy


गिरीबन्धु टि स्टेटको जग्गा सट्टापट्टा गर्न दिने सम्बन्धमा केपी ओली नेतृवको सरकारले गरेको निर्णय २०८१ वैशाख ३० गते सर्वोच्च अदालतले खारेज गरेको थियो । सर्वोच्चको उक्त फैसलाको पटक पटक तारिफ गरिरहेका मेयर शाह र सो जग्गामा मुछिएका ओलीबीचको तिक्तता सोमबार पुनः न्यूरोडमा छताछुल्ल भएको छ ।

महानगरका मेयर शाह केन्द्रीय सत्तासँगै सधैँजसो प्रतिपक्षको भूमिकामा छन् । प्रायजसो नेताको नाम नतोकी केन्द्रीय सत्ता सञ्चालनमा रहेकासँग सामाजिक सञ्जालमा आगो ओकल्दै आएका मेयर शाह सोमबार भने ओलीको नाम नै किटेर आरोप लगाउने तहमा उत्रिए ।

बालेनको उक्त आरोपबारे संसद भवनबाहिर पत्रकारसँग संक्षिप्त प्रतिक्रिया जनाउँदै ओलीले ‘आरोपबारे बालेनलाई नै सोध्न भनेका छन् ।’ सतहमा दुई नेता बीचको विवाद गिरीबन्धु देखीए पनि भित्रि चुरो भने महानगरमा बालेनको योजना रोक्ने महानगरका एमाले नीति र त्यसलाई केन्द्रीय सत्ताबाट साथ दिने एमाले प्रवृत्तिसँग सम्बन्धित छ ।  

न्यूरोडमा भएको के हो ?

काठमाडौं महानगरले न्युरोडमा जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा गर्दैछ । मानिसको धेरै आवाजावत हुने सो क्षेत्रको पैदला यात्रा सहज बनाउन भन्दै महानगरको सडकको दुवैतर्फ १ मिटर ४० सेन्टिमिटरदेखि २ मिटर ४० सेन्टिमिरटसम्म काटेर फुटपाथ बढाउन १२ जेठ देखि काम सुरु गरेको थियो ।  

महानगरको २२ नम्बर वडा र २४ नम्बरका जनप्रतिनिधिकै सहमतिमा सार्वजनिक खरिद प्रक्रियाबाट ठेक्का लागेर फुटपाथ चौडाको काम सुरु भएको महानगरको दाबी छ । तर, जेठ १२ गते शनिबार सडक विभाग र सडक डिभिजन काठमाडौंले उक्त कार्य महानगरको क्षेत्रधिकार बाहिरको भन्दै सडक खन्ने काम गर्न रोक लगायो । 

सोही दिन साँझ मेयर शाहले सडक डिभिजन काठमाडौँ र सडक विभाग बबरमहलको गेटमा एक एक ट्रक धुलो लगेर खन्याइदिए । महानगरको ट्रकले धुलो खन्याई नसक्दै मेयर शाहले सामाजिक सञ्जालमा चक्रपथ विस्तारको कार्यमा सहजकीकरण नगरे हरेक दिन धुलो उपहार पठाउने धम्की दिँदै भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रघुबिर महासेठविरुद्ध स्ट्याटस लेखे । 

न्युरोडको सडकको चौडा कम गराउन हुँदैन भन्दै काम रोकिएको निहुँमा बालेनले असम्बन्धीत विषय छोडेर धुलो पोखेको भन्दै सोही साँझ सडक विभागले विज्ञप्तिमार्फत महानगरको  प्रतिकारमा उत्रिने चेतावनी दिएको थियो ।

न्यूरोडको फुटपाथ चौडा गर्ने विषयमा बालेन र केन्द्रीय निकायबीच विवाद बढीरहेकै बेला जेठ १८ गते बसेको महानगरको कार्यपालिका बैठकमा वडा नम्बर २२ का वडा अध्यक्ष फुटपाथ निर्माण हुन नहुने भन्दै प्रतिवादमा उत्रिए । अझ यो शैलीलाई साथ दिने गरी एमाले अध्यक्ष केपी शर्मा ओली सार्वजनिक कार्यक्रममै बालेन बिरुद्ध तानशाह भन्दै आक्रोशित भएर प्रस्तुत भएपछि ओली र बालेन एक अर्का विरुद्ध आमनेसमनले भएका हुन् ।

जेठ १९ गते शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले बालेनको धुलो खन्याउने सैली अराजक र तानाशाही भएको भन्दै आलोचना गरेका थिए ।   

केन्द्रीय सत्ताका कारण महानगरमै फाटो

जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको फुटपाथ बढाउन थालिएपछि सुरु भएको विवादले संघीय सरकार र स्थानीय सरकारको क्षेत्राधिकारको लडाई मात्रै बाहिर ल्याएका छैन, महानगरको दुई वटाबीच नै द्वन्द्वको निम्तिएको छ । यही द्वन्द्वकाबीच केन्द्रीय सत्ता साझेदार दल एमाले पनि त्यसमा मिसिएपछि महानगरको योजनामा संघीय सरकार छिरेर भाँड भैलो मच्चाउन खोजको मेयर बालेनको बुझाई छ ।  

‘योजना छनोट, डीपीआर निर्माण र ठेक्का प्रक्रिया अघि बढाउँदासम्म विरोध नगरेको वडा २२ का स्थानीयहरु केन्द्र सरकारसँग बालेनको टसल सुरु भएपछि फुटपाथ विस्तारको योजना विरुद्ध उत्रिएका छन् ’ महानगर स्रोत भन्छ । 

वडा नम्बर २२ का उनीहरु बालेनको योजनाअनुसार फुटपाथ निर्माण हुन नहुने अडानमा छन् भने वडा न २४ का स्थानीयहरु महानगरको योजनाअनुसार फुटपाथ विस्तार हुनुपर्ने अडानमा छन् । 

न्यूरोडको फुटपाथ विस्तार रोक्ने सडक विभागको निर्देशन एमालेले सम्हालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा भएको भन्दै बालेन यसको अपजस एमाले नेतृत्वमाथि खन्याइरहेका छन् । र त्यसैमा गिरीबन्धु प्रकरण जोडिरहेका छन् । 

संघीय सरकारले बालेनको प्रतिकार गर्ने धम्की र ओलीको टीप्पणीसँगै सडक डिभिजनका कर्मचारी महानगरले बिस्तार गर्न लागेको फुटपाथ पुर्न उत्रिएपछि सोमबार पुन बालेन ओली विरुद्ध उत्रिएका हुन् । 

केही बेरको घम्साघम्सी पछि सडक विभागले खटाएको सडक डिभिजन काठमाडौँको टोलीले महानगरले बनाउन लागेको फुटपाथ टालेर पिच गरेर काम सकेको छ ।

फुटपाथ बिस्तारको लाभ अनेक - महानगर

सामाजिक सञ्जालमा आक्रोशित देखिएका बालेनले सडक विभागले फुटपाथ पुरेपछि भने मौन छन् । तर, महानगरको एक विज्ञप्ति जारी गर्दै नयाँ सडक क्षेत्रमा पहिले सवारी पार्किङ् गर्ने गरिएको भागबाट  पार्किङ् प्रयोजन हटाएपछि त्यो भाग पैदलयात्रीका लागि उपलब्ध गराउन लागिएको दाबी गरेको छ । 

‘महानगरपालिकाको सार्वजनिक निर्माण विभागकाअनुसार भित्री सहरी क्षेत्रको व्यवस्थापन महानगरपालिका आफैँले गरिरहेको छ । नयाँ सडकको मर्मत गर्ने, सुधार गर्ने, सडक कालोपत्रे गर्ने काम पहिले पनि महानगरपालिकाले गरिरहेको थियो । पैदलयात्रीको सुरक्षाका लागि बार महानगरपालिकाले नै राखेको हो । त्यस क्षेत्र भएर बग्ने ढल पनि महानगरपालिकाले नै राखेको हो । पूर्वाधार निर्माण र सहरी सुविधा वितरणका लागि यसअघि पनि काम गरिसकेको क्षेत्रमा अहिले पैदल मार्ग सुधार गर्ने योजनाअन्तर्गत काम हुन लागेको हो ।’ महानगरले दाबी गरेको छ । 

यो योजना कार्यान्वयन गर्न सडक विभागलाई डिजाइन संलग्न राखेर २०८० असोज ४ गते पत्राचार भइसकेको विभागका प्रमुख सुरज शाक्यले जानकारी दिए ।  

उनकाअनुसार पैदल मार्ग सुधार गर्दा आवागमन, व्यापार तथा स्थानीय सहजतालाई कुनै पनि असर गर्दैन, बरु बढाउँछ । ‘जहाँ पैदल यात्रा धेरै हुन्छ, त्यो ठाउँको जीवन्तता अझ थपिन्छ । व्यापार झन बढ्छ,’ शाक्यले असन बजारको उदाहरण दिँदै भने, ‘पैदल मार्गको स्वरुपमा भएकोले न्युरोडमा भन्दा असनमा मानिसहरु बढी जान्छन् । धेरै सामान खरिद गर्छन् । पहिले पार्किङ् हुन्थ्यो, अब पैदलयात्री हिँड्छन् । सवारी साधनका लागि टु वे सडक हुन्छ । दमकल, एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारी साधन सञ्चालनमा कुनै अवरोध हुँदैन । यत्ति मात्र हो कि यस क्षेत्र निजी सवारी साधन रोकेर राख्न पाइँदैन । सुरुसुरु गन्तव्यमा जानुपर्छ ।’

बालेनलाई सोध्नुस् -ओली

काठमाडौं महानगरपालिकाका काममा एमालेले संधै भाँजो हाल्ने मनोवैज्ञानिक डरबाट महानगरको वर्तमान नेतृत्व ग्रसित छ । महानगरका यस अघि भएको सबै बेथिति तत्कालिन एमालेकातर्फबाट निर्वाचित मेयर विद्या सुन्दर शाक्यले सुरु गरेको र त्यसको लाभ केन्द्रीय सत्ताको एमालेले लिएको दाबी महानगरको छ ।

अझ यस अघि बहु विवादित पार्किङ क्षेत्र हटाएर सोही क्षेत्रमा फुटपाथ बनाउने तयारीमा भएको आफूमाथि गरिएको अवरोधलाई बालेनले पुनः पार्किङ क्षेत्र चलाउनलाई वातावरण तयार गरेको रुपमा चित्रित गर्ने गरेका छन् । सोही प्रकरणमा ओली पनि बोल्न मिसिएपछि उनले ओलीलाई गिरीबन्धुमा मिलिभगत गरेको भनी आरोपमै उत्रिए । यद्यपी आफूमाथि लगाइएको आरोपमो विषयमा ओलीले भने बालेनलाई सोध्न पत्रकारहरुलाई भनेका छन् । आइतबार संसद परिसरमा गिरीबन्धुबारे पत्रकारहरुको जिज्ञासमा ओलीले भने,‘बालेनलाई नै सोध्नुहोस् ।’ 

दिनभरीको तनावका बीच राती ९ बजे एमाले अध्यक्ष ओलीले फेसबुकमा श्रीमति राधिका शाक्यसहितको गोसाईकुण्डको फोटो राख्दै स्ट्याटस लेखे ‘फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ । राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो । यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ । शुभ रात्रि । ’

ओलीको स्ट्याटसको कमेन्टमा मेयर बालेनले तुरुन्तै जवाफ फर्काए ‘अ हो ! गुड नाइट केपी बा, ह्याब अ स्वीट ड्रीम’ 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।