नेभिगेशन
सबै कुरा

राजेश हमालको टिभी शो ‘यो नेपाली शिर उचाली’ शुक्रवारदेखिः पहिलो पात्र पोर्चुगलका चर्चित नेपाली टंक सापकोटा

महानायक राजेश हमालको नयाँ टेलिभिजन शो ‘यो नेपाली शिर उचाली’ शुक्रवार साँझ ९ः३० बजेबाट हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । कार्यक्रम साझा कथा युट्युब च्यानलमा पनि हेर्न सकिन्छ । कार्यक्रममा हमालले विदेशी भूमिमा संघर्ष गरि गर्व गर्न लायक काम गरेका नेपालीहरुसंग उनीहरुको कर्मथालोमै पुगेर साक्षात्कार गर्नेछन् । कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुँदैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रमको पहिलो भागमा पोर्चुगलका टंक सापकोटाको कथा समेटिएको छ । सापकोटा कुशल सेफ र सफल रेष्टुरेन्ट ब्यवसायी हुन् । पोर्चुगलको राजधानी लिस्बनमा रहेको उनको रेष्टुरेन्ट फोर्नो द ओरो युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२ औं स्थानमा र पिज्जा नापोलितानमध्ये विश्वकै नम्बर १० मा परेको छ । केही अघि मात्रै पोर्चुगलमा खानाको हिरा भनेर चिनिने बहुमुल्य च्याउ ट्रफल पत्ता लगाएर उनी थप चर्चामा आएका छन् । बाग्लुङ्गका सापकोटा २७ वर्षमै पोर्चुगल पुगेका थिए । 

Ncell
Extreme Energy

कार्यक्रमको पहिलो भागको टिजर आफ्नो फेसबुक पेजमा शेयर गर्दै प्रस्तोता राजेश हमालले लेखेका छन्, ‘कार्यक्रम हेरिसकेपछि तपाईंले पनि भन्नुहुनेछ यो नेपाली शिर उचाली’ । कार्यक्रम मुभ मिडिया प्रा.लि र अल थ्री मिडिया घर प्रा.लि. ले संयुक्त रुपमा उत्पादन गरेको हो । कार्यकारी निर्माता विवेक रेग्मीले कार्यक्रममा समेटिने पौरखी कथाहरु संसारभरि छरिएका नेपालीका लागि प्रेरणा वन्ने बताएका छन् । कार्यक्रमले उनीहरुसंग भएको ज्ञान र सिपलाई स्वदेशसंग कसरी जोड्ने भन्ने बहसको सार्थक थालनी गर्ने उनको विश्वास छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...