नेभिगेशन
सबै कुरा

एक बर्षमा सन्दकपुर गाउँपालिकाले सवारी साधनको इन्धन र मर्मतमा एक करोड सक्यो

इलाम। इलामको सन्दकपुर गाउँपालिकाले एक बर्षमा सवारी साधनको इन्धन खरिद र मर्मतमा मात्र करिब एक करोड खर्च गरेको पाइएको छ ।गाउँपालिकाले अधिकारको दुरुपयोग गर्दै यति ठूलो रकम सकेपछि महालेखाले प्रश्न उठाएको छ ।

आर्थिक बर्ष २०८९/८०मा गाउँपालिकाका पदाधिकारीको इन्धन खर्च,कार्यालय इन्धन खर्च र सवारी मर्मतमा गरी गाउँपालिकाले ९९ लाख ८९ हजार ९ सय ६१ रुपैयाँ खर्च गरेको हो । जुन गाउँपालिकाको आन्तरिक आयको १४२.०८ प्रतिशत बढी खर्च भएको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख छ ।गाउँपालिकाले विभिन्न शिर्षकमा जथाभावी खर्च गरेपछि महालेखाले मितव्ययिता कायम गर्न निर्देशन समेत दिएको छ ।प्रतिवेदन अनुसार गाउँपालिकाले पदाधिकारी इन्धन खर्चमा ३५ लाख ८७ हजार ७९३, कार्यालय इन्धनमा १६ लाख ६४ हजार १६४ ,सवारी साधन मर्मतमा पदाधिकारी र कार्यालय समेत गरी ४७ लाख ३८ हजार गरी ९९ लाख ८९ हजार ९ सय ६१ रुपैयाँ खर्च गरेको हो ।

अघिल्ला बर्षमा पनि यो गाउँपालिकाले ठूलो  रकम सवारी साधन मर्मतमा खर्च गरेपछि चौतर्फी आलोचना भएको थियो ।गाउँपालिकामा २ वटा सरकारी र १ वटा भाडाको समेत गरी ३ वटा चारपाङग्रे सवारी साधन रहेको प्रविेदनले जनाएको छ ।गाउँपालिकाको आफ्नै गाडी हुँदाहुदै पनि अध्यक्ष ,उपाध्यक्ष लगायतका कर्मचारीले विभिन्न कार्याक्रममा जाँदा समेत गाडी रिर्जवमा लैजाने गरेकोले यसलाई रोक्नुपर्ने जनाएको छ ।

सवारी साधनको इन्धन र मर्मत खर्चमा एकरुपता ल्याउन स्थानिय तहले निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनुपर्ने सरकारको नीतिगत मार्गदर्शनमा उल्लेख छ ।सरकारी सवारी साधन सरकारी काममा मात्रै प्रयोगमा ल्याउनुपर्ने,अनाधिकृत व्यक्तिले यस्ता सवारी साधन प्रयोग गर्न नपाउने व्यवस्था गर्नुपर्ने भएता पनि स्थानिय तहले यसलाई लत्याउँदै राज्यकोषको ठूलो रकम सवारी साधनको इन्धन र मर्मतमा खर्च गर्दे आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।