नेभिगेशन
सबै कुरा

एक बर्षमा सन्दकपुर गाउँपालिकाले सवारी साधनको इन्धन र मर्मतमा एक करोड सक्यो

इलाम। इलामको सन्दकपुर गाउँपालिकाले एक बर्षमा सवारी साधनको इन्धन खरिद र मर्मतमा मात्र करिब एक करोड खर्च गरेको पाइएको छ ।गाउँपालिकाले अधिकारको दुरुपयोग गर्दै यति ठूलो रकम सकेपछि महालेखाले प्रश्न उठाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आर्थिक बर्ष २०८९/८०मा गाउँपालिकाका पदाधिकारीको इन्धन खर्च,कार्यालय इन्धन खर्च र सवारी मर्मतमा गरी गाउँपालिकाले ९९ लाख ८९ हजार ९ सय ६१ रुपैयाँ खर्च गरेको हो । जुन गाउँपालिकाको आन्तरिक आयको १४२.०८ प्रतिशत बढी खर्च भएको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख छ ।गाउँपालिकाले विभिन्न शिर्षकमा जथाभावी खर्च गरेपछि महालेखाले मितव्ययिता कायम गर्न निर्देशन समेत दिएको छ ।प्रतिवेदन अनुसार गाउँपालिकाले पदाधिकारी इन्धन खर्चमा ३५ लाख ८७ हजार ७९३, कार्यालय इन्धनमा १६ लाख ६४ हजार १६४ ,सवारी साधन मर्मतमा पदाधिकारी र कार्यालय समेत गरी ४७ लाख ३८ हजार गरी ९९ लाख ८९ हजार ९ सय ६१ रुपैयाँ खर्च गरेको हो ।

Ncell
Extreme Energy

अघिल्ला बर्षमा पनि यो गाउँपालिकाले ठूलो  रकम सवारी साधन मर्मतमा खर्च गरेपछि चौतर्फी आलोचना भएको थियो ।गाउँपालिकामा २ वटा सरकारी र १ वटा भाडाको समेत गरी ३ वटा चारपाङग्रे सवारी साधन रहेको प्रविेदनले जनाएको छ ।गाउँपालिकाको आफ्नै गाडी हुँदाहुदै पनि अध्यक्ष ,उपाध्यक्ष लगायतका कर्मचारीले विभिन्न कार्याक्रममा जाँदा समेत गाडी रिर्जवमा लैजाने गरेकोले यसलाई रोक्नुपर्ने जनाएको छ ।

सवारी साधनको इन्धन र मर्मत खर्चमा एकरुपता ल्याउन स्थानिय तहले निश्चित मापदण्ड बनाई कार्यान्वयनमा ल्याउनुपर्ने सरकारको नीतिगत मार्गदर्शनमा उल्लेख छ ।सरकारी सवारी साधन सरकारी काममा मात्रै प्रयोगमा ल्याउनुपर्ने,अनाधिकृत व्यक्तिले यस्ता सवारी साधन प्रयोग गर्न नपाउने व्यवस्था गर्नुपर्ने भएता पनि स्थानिय तहले यसलाई लत्याउँदै राज्यकोषको ठूलो रकम सवारी साधनको इन्धन र मर्मतमा खर्च गर्दे आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग२च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा अनियन्त्रित भई पछाडि जाँदा सडकबाट करिब सात मिटर तल नालीमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...