नेभिगेशन
सबै कुरा

नेपाली श्रमिकको सीप विकासमा सहकार्य गर्न श्रम मन्त्री अर्यालको कतारका श्रम मन्त्रीलाई आग्रह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र कतारका श्रम मन्त्री  अली समिख अल मारी द्धिपक्षीय भेटवार्ता भएको छ । जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२ औं अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुने क्रममा मंगलबार कतारका समकक्षी बीच भेटवार्ता भएको हो । भेटमा दुवै मुलुक बीचको श्रम सम्बन्धमा छलफल भयो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छलफलमा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे । “हामी अहिले नेपाली श्रमिकको सीप विकासमा केन्द्रित छौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि सीप सिकाएर पठाउन चाहन्छौँ । ताकी उनीहरुले उच्च पारिश्रमिक र सुरक्षित कार्यस्थलमा काम गर्ने अवसर पाउन सकुन्,” उनले भने । 

Ncell
Extreme Energy

त्यस्तै, नेपाल र कतार बीचको श्रम सम्झौताका लागि दुवै मुलुकका प्राविधिक समूह बीच समन्वय गराउनु पर्नेमा पनि जोड दिए ।

छलफलमा कतारका श्रममन्त्री अली समिख अल मारीले नेपाली समुदायको प्रशंसा गर्दै नेपाली श्रमिकले कतारमा निर्माणको क्षेत्रको अलावा सेवा, यातायात, सन्चार र स्वास्थ्य क्षेत्रमा पनि केन्द्रित हुन आग्रह गरे । त्यस्तै, कतार आप्रवासी श्रमिकका लागि बिमा, पारिश्रमिक र श्रमिक अधिकारलाई सुनिश्चित गरेको बताए । त्यस्तै, कतार र नेपाल बीचको श्रम सम्झौतामा उनले चासो समेत व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गछौँः सोविता गौतम

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान...
कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ।
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।