नेभिगेशन
सबै कुरा

मध्य तथा पश्चिम तराईमा तीन दिन तातो लहरको चेतावनी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागले बिहीबार साँझ विशेष बुलेटिन निकालेर कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाउँदै ती स्थानका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो । 

Ncell
Extreme Energy

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको तथा यो क्रम केही दिन जारी रहने सम्भावना रहेको विशेष बुलेटिनमा जनाइएको छ । 

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुन सक्ने विभागले जनाएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहिँड्ने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित ९पटकपटक० पानी तथा झोल पदार्थ (जुस, सर्वत) प्रशस्त मात्रामा पिउन विभागले सुझाएको छ । साथै विभागले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेर सल्लाह लिन आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीले खोज तथा उद्धारको पछिल्लो प्रगति विवरण मन्त्रीद्वय श्रेष्ठ र लम्साललाई ब्रिफिङ गरेका हुन् । उनीहरुले बाढीबाट प्रभावित सबै जलविद्युत आयोजना र...
प्रतिनिधिसभा बैठक LIVE

प्रतिनिधिसभा बैठक LIVE

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

बैठकले विपद्बाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, जलविद्युत् तथा अन्य अत्यावश्यक पूर्वाधारको शीघ्र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि निजी क्षेत्र, विकास साझेदार तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट आर्थिक र प्राविधिक सहयोग परिचालन...
कुलमान र वर्षमानले भेटे प्रधानमन्त्री बालेनलाई

कुलमान र वर्षमानले भेटे प्रधानमन्त्री बालेनलाई

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरुबीच रसुवा बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीक कार्यालयले जानकारी दियो ।