नेभिगेशन
सबै कुरा

रक्षामन्त्रीले १०० दिने प्रगति सुनाउँदै भने सेनाले जिम्मा लिएकाे फास्ट ट्रयाक र दार्चुला–टिङ्कर सडकको प्रगति सन्तोषजनक

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले अघि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगती सन्तोषजनक रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफ्नो कार्यकालको सय दिनको अवधिमा भएका काम र भावि योजना सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मनत्री उपे्रतीले द्रूतमार्ग लगाएत बिभिन्न राष्ट्रिय गौरवका आयोजनाहरु सन्तोषजनक रुपमा अघि बढेको बताएका हुन् । 

Ncell
Extreme Energy

उनले बिभिन्न आयोजनामा देखिएका समस्या समाधानका लागि सरकारले समयमा नै ऐन कानून बनाउन नसकेका कारण केहि समय ढिलाई हुन गएको दावी गरे । 

अहिले सवै समस्याहरु समाधान भइसकेको भन्दै राष्ट्रिय गौरवका आयोजनाहरु द्रूत गतिले अघि बढेको उहाले बताउनुभयो । मन्त्री उप्रेतीले काठमाडौं–तराई द्रूतमार्ग सडक आयोजनाको भौतिक प्रगति हालसम्म ३४ दशमलव ८२ प्रतिशत रहेको जानकारी दिए । त्यस्तै उहाले कोशी करिडोर अन्तर्गत खाँदबारी किमाथाङ्का सडक आयोजना अन्तर्गत कुल ८ दशमलव १० किलोमिटर नयाँ ट्र्याक सम्पन्न गरिएको, दार्चुला–टिङ्कर सडक आयोजना अन्तर्गत कुल १२ दशमलव ७२ किलोमिटर नयाँ नयाँ ट्र्याक निर्माण सम्पन्न गरिएको पनि जानकारी दिए । 

उनले मन्त्रालयको कार्यसम्पादनमा चूस्तता ल्याउन पहिलो पटक तयार गरिएको कार्यसम्पादन कार्यविधि कार्यान्वयनमा ल्याइएको, राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा परिमार्जनको क्रममा रहेको, सेनामा मानार्थ बढुवा र विशेष बढुवा सम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

बाढी प्रभावित जलविद्युत् आयोजनाको उद्धार प्रगतिबारे ऊर्जा र पूर्वाधारमन्त्रीले लिए ब्रिफिङ

ऊर्जामन्त्री श्रेष्ठको कार्यकक्षमा नेपाली सेनाका उच्च अधिकारीले खोज तथा उद्धारको पछिल्लो प्रगति विवरण मन्त्रीद्वय श्रेष्ठ र लम्साललाई ब्रिफिङ गरेका हुन् । उनीहरुले बाढीबाट प्रभावित सबै जलविद्युत आयोजना र...
प्रतिनिधिसभा बैठक LIVE

प्रतिनिधिसभा बैठक LIVE

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

बैठकले विपद्बाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, जलविद्युत् तथा अन्य अत्यावश्यक पूर्वाधारको शीघ्र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि निजी क्षेत्र, विकास साझेदार तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाबाट आर्थिक र प्राविधिक सहयोग परिचालन...
कुलमान र वर्षमानले भेटे प्रधानमन्त्री बालेनलाई

कुलमान र वर्षमानले भेटे प्रधानमन्त्री बालेनलाई

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरुबीच रसुवा बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीक कार्यालयले जानकारी दियो ।