नेभिगेशन
सबै कुरा

रक्षामन्त्रीले १०० दिने प्रगति सुनाउँदै भने सेनाले जिम्मा लिएकाे फास्ट ट्रयाक र दार्चुला–टिङ्कर सडकको प्रगति सन्तोषजनक

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले अघि बढाएका राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगती सन्तोषजनक रहेको बताएका छन् । 

आफ्नो कार्यकालको सय दिनको अवधिमा भएका काम र भावि योजना सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मनत्री उपे्रतीले द्रूतमार्ग लगाएत बिभिन्न राष्ट्रिय गौरवका आयोजनाहरु सन्तोषजनक रुपमा अघि बढेको बताएका हुन् । 

उनले बिभिन्न आयोजनामा देखिएका समस्या समाधानका लागि सरकारले समयमा नै ऐन कानून बनाउन नसकेका कारण केहि समय ढिलाई हुन गएको दावी गरे । 

अहिले सवै समस्याहरु समाधान भइसकेको भन्दै राष्ट्रिय गौरवका आयोजनाहरु द्रूत गतिले अघि बढेको उहाले बताउनुभयो । मन्त्री उप्रेतीले काठमाडौं–तराई द्रूतमार्ग सडक आयोजनाको भौतिक प्रगति हालसम्म ३४ दशमलव ८२ प्रतिशत रहेको जानकारी दिए । त्यस्तै उहाले कोशी करिडोर अन्तर्गत खाँदबारी किमाथाङ्का सडक आयोजना अन्तर्गत कुल ८ दशमलव १० किलोमिटर नयाँ ट्र्याक सम्पन्न गरिएको, दार्चुला–टिङ्कर सडक आयोजना अन्तर्गत कुल १२ दशमलव ७२ किलोमिटर नयाँ नयाँ ट्र्याक निर्माण सम्पन्न गरिएको पनि जानकारी दिए । 

उनले मन्त्रालयको कार्यसम्पादनमा चूस्तता ल्याउन पहिलो पटक तयार गरिएको कार्यसम्पादन कार्यविधि कार्यान्वयनमा ल्याइएको, राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा परिमार्जनको क्रममा रहेको, सेनामा मानार्थ बढुवा र विशेष बढुवा सम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।