नेभिगेशन
सबै कुरा

‘पार्टीको नीतिगत स्पष्टताका लागि काम सुरु गरौँ’ - विराजभक्त श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले पार्टी नीतिगत रुपमा स्पष्ट भएर अघि बढनुपर्ने आवश्यकता औँल्याएक छन् ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आज आयोजित चियापन समारोहमा उनले पार्टीको जलेश्वर घोषणाका विषयहरु नीतिगत रुपमा लिपिबद्ध गर्ने काम सुरु गर्न पार्टीलाई सुझाब दिए । गत मङ्सिर जलेश्वरमा पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको थियो । सोही अनुसार नीतिगत स्पष्टताका लागि नेता श्रेष्ठले जोड दिएका हुन् । 

Ncell
Extreme Energy

“जलेश्वर घोषणापत्रपछि पार्टीका नीतिगत रुपमा स्पष्ट हुनुपर्छ । पार्टी अब लहडका भरमा मात्र चलाएर हुँदैन”, उनले भने, “ पार्टीको विचार र नीति स्पष्ट रुपमा पार्टीकै जिम्मेवार सदस्यहरु र आमनागरिकलाई बुझाउनुपर्ने बेला भैसकेको छ ।”

पार्टी स्थापनाका अवसरमा शुभकामना आदानप्रदान गर्दै मन्त्री श्रेष्ठले शासकीय बेथितिको अन्त्य गर्न रास्वपा प्रयासरत रहेको समेत बताए। सत्ता साझेदार दलहरुसँगै आफूहरुले पनि समीक्षा र पुनरावलोकन गर्नपर्ने उनको भनाइ थियो ।     

“शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो हुने हामीले अनुभव गरिरहेका छौँ । हामीले सरकारको नेतृत्व गरिरहेका छौँ”, मन्त्री श्रेष्ठले भने, “हामी दुई धारे तरवारका बीचमा चलिरहेका छौँ । वर्तमान राजनीतिक परिस्थतिमा सरकारलाई दिएको समर्थनमा समीक्षा आवश्यक छ ।”    

त्यस अवसरमा उनले शुक्रबार अर्थ मन्त्रालयबाट खेलाडीहरुले पुरस्कारवापत प्राप्त गर्ने रकम निकास भएको जानकारी समेत दिए । मन्त्री श्रेष्ठले आइतबार मन्त्रालयमा आफनो एक सय दिनको प्रगति र समिक्षा गर्ने जानकारी समेत दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्री खनालले कूटनीतिक समुदायलाई के भने ?

परराष्ट्रमन्त्री खनालले कूटनीतिक समुदायलाई के भने ?

परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी घटनाबारे ब्रिफिङ गरेका छन् ।
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

भोटेकोशी बाढीः १२५२ शव फेला, ४८७५ बेपत्ता

नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक...
कृष्णभीरमा सडक भासियो, काठमाडौँमा ग्यास छैन (तस्बिरहरू)

कृष्णभीरमा सडक भासियो, काठमाडौँमा ग्यास छैन (तस्बिरहरू)

त्रिशूलीको बाढीले कटान गर्दा धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव देखिन थालेको छ।