नेभिगेशन
समाज

कृष्णभीरमा सडक भासियो, काठमाडौँमा ग्यास छैन (तस्बिरहरू)

काठमाडौँ । त्रिशूलीको बाढीले कटान गर्दा धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव देखिन थालेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा आइतबार पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकातर्फ आउने ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। जसका कारण उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएको छ।

Ncell
Extreme Energy

सडक अवरुद्ध भएपछि काठमाडौँका विभिन्न बिक्री केन्द्रमा ग्यास लिन सर्वसाधारणको भीड बढ्न थालेको छ। अनामनगरस्थित नेपाल ग्यासको आधिकारिक बिक्री केन्द्रमा पाँच दिनदेखि ग्यासका लागि सर्वसाधारणको लामो लाइन लागेको छ। ग्यास नपाउँदा उपभोक्ताले घण्टौँ लाइनमा बसेर पनि खाली सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था आएको बताएका छन्।

रसुवा बाढीपछि पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान, पहिरो तथा लेदो थुप्रिँदा आवागमन प्रभावित हुँदै आएको छ। कृष्णभीरमा गएको पहिरोका कारण राजमार्ग नै पूर्ण रूपमा बन्द भएपछि यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकाको आपूर्ति प्रणालीमा पर्न थालेको हो।

विशेषगरी खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री बोकेका सवारीसाधन उपत्यका प्रवेश गर्न नसक्दा आगामी दिनमा आपूर्ति थप प्रभावित हुनसक्ने देखिएको छ। सडक खुलाउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्। तस्बिर- नेपाल फोटो लाइब्रेरी 

LP-Gas-Crisis-_-1728-1788417979.jpg

LP-Gas-Crisis-_-1722-1788417977.jpg

LP-Gas-Crisis-_-1726-1788417977.jpg

LP-Gas-Crisis-_-1720-1788417975.jpg

LP-Gas-Crisis-_-1716-1788417974.jpg

LP-Gas-Crisis-_-1713-1788417972.jpg

LP-Gas-Crisis-_-1712-1788417972.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो...
बागलुङ पठाएको अनुदानको मल विचौलियाले वीरगञ्ज पुर्याए, तीन जना पक्राउ

बागलुङ पठाएको अनुदानको मल विचौलियाले वीरगञ्ज पुर्याए, तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ : अर्थमन्त्री वाग्ले

स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन्।