नेभिगेशन
समाज

कृष्णभीरमा सडक भासियो, काठमाडौँमा ग्यास छैन (तस्बिरहरू)

काठमाडौँ । त्रिशूलीको बाढीले कटान गर्दा धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव देखिन थालेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा आइतबार पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकातर्फ आउने ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। जसका कारण उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएको छ।

Ncell
Extreme Energy

सडक अवरुद्ध भएपछि काठमाडौँका विभिन्न बिक्री केन्द्रमा ग्यास लिन सर्वसाधारणको भीड बढ्न थालेको छ। अनामनगरस्थित नेपाल ग्यासको आधिकारिक बिक्री केन्द्रमा पाँच दिनदेखि ग्यासका लागि सर्वसाधारणको लामो लाइन लागेको छ। ग्यास नपाउँदा उपभोक्ताले घण्टौँ लाइनमा बसेर पनि खाली सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था आएको बताएका छन्।

रसुवा बाढीपछि पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान, पहिरो तथा लेदो थुप्रिँदा आवागमन प्रभावित हुँदै आएको छ। कृष्णभीरमा गएको पहिरोका कारण राजमार्ग नै पूर्ण रूपमा बन्द भएपछि यसको प्रत्यक्ष असर काठमाडौं उपत्यकाको आपूर्ति प्रणालीमा पर्न थालेको हो।

विशेषगरी खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री बोकेका सवारीसाधन उपत्यका प्रवेश गर्न नसक्दा आगामी दिनमा आपूर्ति थप प्रभावित हुनसक्ने देखिएको छ। सडक खुलाउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्। तस्बिर- नेपाल फोटो लाइब्रेरी 

LP-Gas-Crisis-_-1728-1788417979.jpg

LP-Gas-Crisis-_-1722-1788417977.jpg

LP-Gas-Crisis-_-1726-1788417977.jpg

LP-Gas-Crisis-_-1720-1788417975.jpg

LP-Gas-Crisis-_-1716-1788417974.jpg

LP-Gas-Crisis-_-1713-1788417972.jpg

LP-Gas-Crisis-_-1712-1788417972.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...
मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

खानामा किरा परेको भन्दै उपभोक्ताबाट टेलिफोनमार्फत उजुरी आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले शनिबार उक्त...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...