नेभिगेशन
सबै कुरा

राजीनामा खल्तीमा छ भन्ने रास्वपा मन्त्रीहरुको भनाईलाई अन्यथा लिएको छैनः प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्प कमल दाहालले रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेकोबारे दिएका अभिव्यक्तिबारे अन्यथा नलिएको बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले रास्वपाबाट मन्त्रीहरुले सुरुदेखि नै यस बिषयमा बोलिरहेकाले अन्यथा नलिएको बताएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा तथा खेलकुद मन्त्री बनेका विराजभक्त श्रेष्ठले केही दिनअघि सरकारबाट कुनैपनि बेला बाहिरिन सक्ने संकेत गर्दै राजीनामा खल्तीमा बोकेर हिँडेको अभिव्यक्ति दिएका थिए । अन्य मन्त्रीहरुले पनि बेला बेला यस्ता अभिव्यक्तिहरु दिईरहेका हुन्छन् । तर विराजभक्त श्रेष्ठको अभिव्यक्तिपछि गठबन्धनमा खटपट सुरु भएको धेरैले अनुमान लगाएका छन् । सोही सन्दर्भमा संचारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्रीले आफूले अन्यथा नलिएको बताएका हुन् । 

अहिलेको समीकरण राम्रैसँग अगाडि जाने भन्दै प्रधानमन्त्री प्रचण्डले उथलपुथल गर्ने बेला नभएको धारणा राखे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले तीनवटै सुरक्षा प्रमुखहरूसँग आफूले केही दिनअघि छलफल गरेको र केही परिवर्तन नहुने भएकोले ढुक्कसँग काम गर्न भनेको पनि जानकारी दिए । 

त्यस्तै प्रधानमन्त्री प्रचण्डले जनताको अपेक्षा अनुसार अझै गति दिन आवश्यक रहेको बताएका छन् । सरकारका कामकारबाही समग्रमा सन्तोषजनक र राम्रो नै रहेको भन्दै अझै गति दिनुपर्ने बताएका हुन् । 

उनले जनता र राष्ट्रका पक्षमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको पनि बताए । प्रधानमन्त्री दाहालले बजेटका बारेमा एमालेको पनि कुनै असन्तुष्टि नरहेको जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...