नेभिगेशन
सबै कुरा

राजीनामा खल्तीमा छ भन्ने रास्वपा मन्त्रीहरुको भनाईलाई अन्यथा लिएको छैनः प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्प कमल दाहालले रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेकोबारे दिएका अभिव्यक्तिबारे अन्यथा नलिएको बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले रास्वपाबाट मन्त्रीहरुले सुरुदेखि नै यस बिषयमा बोलिरहेकाले अन्यथा नलिएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा तथा खेलकुद मन्त्री बनेका विराजभक्त श्रेष्ठले केही दिनअघि सरकारबाट कुनैपनि बेला बाहिरिन सक्ने संकेत गर्दै राजीनामा खल्तीमा बोकेर हिँडेको अभिव्यक्ति दिएका थिए । अन्य मन्त्रीहरुले पनि बेला बेला यस्ता अभिव्यक्तिहरु दिईरहेका हुन्छन् । तर विराजभक्त श्रेष्ठको अभिव्यक्तिपछि गठबन्धनमा खटपट सुरु भएको धेरैले अनुमान लगाएका छन् । सोही सन्दर्भमा संचारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्रीले आफूले अन्यथा नलिएको बताएका हुन् । 

Ncell
Extreme Energy

अहिलेको समीकरण राम्रैसँग अगाडि जाने भन्दै प्रधानमन्त्री प्रचण्डले उथलपुथल गर्ने बेला नभएको धारणा राखे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले तीनवटै सुरक्षा प्रमुखहरूसँग आफूले केही दिनअघि छलफल गरेको र केही परिवर्तन नहुने भएकोले ढुक्कसँग काम गर्न भनेको पनि जानकारी दिए । 

त्यस्तै प्रधानमन्त्री प्रचण्डले जनताको अपेक्षा अनुसार अझै गति दिन आवश्यक रहेको बताएका छन् । सरकारका कामकारबाही समग्रमा सन्तोषजनक र राम्रो नै रहेको भन्दै अझै गति दिनुपर्ने बताएका हुन् । 

उनले जनता र राष्ट्रका पक्षमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको पनि बताए । प्रधानमन्त्री दाहालले बजेटका बारेमा एमालेको पनि कुनै असन्तुष्टि नरहेको जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीकाे केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।
बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।
पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध...
भोटेकोशी बाढीबारे भ्रामक सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको कारबाही

भोटेकोशी बाढीबारे भ्रामक सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको कारबाही

भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीतका सामग्री विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले सम्बन्धित माध्यमलाई सामग्री हटाउन निर्देशन दिँदै सचेत गराएको छ।