नेभिगेशन
सबै कुरा

सरकार र हड्तालमा उत्रिएका ट्यांकर चालकबीच सहमति

काठमाडौँ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । सरकारसँगको वर्तापछि पेट्रोलियम पदार्थको ढुवानी गर्न चालकहरु सहमत भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल आयल निगमका प्रवक्ता मनाेज ठाकुरले समझदारी भएकाे र इन्धन  वितरणमा भएकाे हड्ताल हटेकाे सिधाकुरालाई बताए । ठाकुरका अनुसार आन्दाेलनमा उत्रिएका मजदुरहरुकाे माग सम्बाेधन गर्न एक समिति गठन गरिएकाे छ । उक्त समितिले श्रमिकहरुकाे मागका सम्बन्धमा १५ दिनभित्र प्रतिवेलन पेस गर्ने र त्यसैका आधारमा माग सम्बाेधन गरिने समझदारीपछि हड्ताल फिर्ता भएकाे हाे । 

Ncell
Extreme Energy

निगमका नायब कार्यकारी निर्देशक विरेन्द्र गाेइतकाे संयाेजकत्वमा बनेकाे समितिमा मन्त्रालय र आन्दाेलनरत मजदुर चालक संगठनबाट १ जना सदस्य छन् । 

सम्पूर्ण ट्याङ्कर चालक/सहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्तिपत्र दिई नेपाल सरकारले तोके अनुसारको तलबको व्यवस्था गरिनुपर्ने, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेण्टी र वार्षिक नवीकरण खारेज गरिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनु पर्ने, ‘टेम्प्रेचर’को सही व्यवस्थापन गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गरिनुपर्ने र प्रत्येक तीन महिनामा सुरक्षा सतर्कतासम्बन्धी तालिमको व्यवस्था गरिनुपर्ने माग  राख्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले आन्दोलन गरेको थियो । 

उनीहरुले ढुवानी ठप्प पारेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको पेट्रोल पम्पमा सवारीको अत्यासलाग्दो लाइन लागेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीकाे केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।
बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।
पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध...
भोटेकोशी बाढीबारे भ्रामक सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको कारबाही

भोटेकोशी बाढीबारे भ्रामक सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको कारबाही

भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीतका सामग्री विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले सम्बन्धित माध्यमलाई सामग्री हटाउन निर्देशन दिँदै सचेत गराएको छ।