नेभिगेशन
सबै कुरा

इलाममा क्रुरतापूर्वक कुकुरको हत्या गरेको आरोपमा ३ जना पक्राऊ

इलाम । इलाममा क्रूरतापूर्वक कुकुरको हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको देउमाई नगरपालिका ९ जीतपुरका २१ वर्षीय दिक्षान्त मोराहाङ लिम्बू ,१७ वर्षीय संगम लिम्बू र अशोक लिम्बूलाई आज  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

City Express

उनीहरूले कुकुरलाई लट्ठीले नाकमा बारम्बार हानि हत्या गरेर खाल्डोमा पुरेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको थियो । भिडियो बहिरिएसँगै कुकुरको हत्या गर्नेहरुको चौतर्फी आलोचना भएको थियो । कुकुरलाई हत्या गर्ने बिरुद्ध पशु कल्याण संघ नेपालले पशुपंक्षि सम्बन्धी कसुर अन्तर्गत आजै जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दरखास्त दर्ता गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...