नेभिगेशन
समाज

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी, हातहतियार देखाई सुनका गरगहना खोस्ने तथा लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण गाउँपालिका–५ घर भएका  वर्ष २४ को आयन माझीलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोली माथि नै धारिलो हतियार प्रहारको प्रयास गरी भाग्न खोज्दा २ राउण्ड हवाई फायर तथा घुडा मुनी १ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

त्यस्तै लुटपाटमा संलग्न माझी समूहका अन्य व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा जिल्ला भक्तपुर ठिमी नगरपालिका ४ बाट घटनामा संलग्न थप २ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए । 

आयन माझीबिरुद्ध बिभिन्न प्रहरी कार्यालयमा डाँकाचोरी मुद्धामा २७ वटा मुद्दा प्रतिवादी समेत देखिएको घिमिरेले बताए । माझी समुहले अपराधिक गतिविधि घटाउने क्रममा प्रयोग गर्नका लागी काठमाडौंका विभिन्न स्थानहरुबाट १५ वटा भन्दा बढी मोटर साइकलहरु चोरी गरेको अनुसन्धानवाट खुल्न आएको घिमिरेले जानकारी दिए । 

माझी समुहका सक्रिय अपराधीहरुको स्वयम्भु, बौद्ध लगायतका स्थानमा भएको लुटपाट र सिक्री लुटपाटमा प्रत्यक्ष रुपमा संलग्न रहेको अनुसन्धानबाट देखिएका प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

एमाले स्थायी कमिटीः वरिष्ठ नेता  विद्यादेवी भण्डारीले लिइन् शपथ

पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओलीसँग स्थायी कमिटी सदस्यका रूपमा शपथ ग्रहण गरेपछि बैठक औपचारिक रूपमा सुरु भएको हो । शपथ ग्रहणपछि वरिष्ठ नेता भण्डारीसहित...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

११ वर्षपछि पदाधिकारी बनेर एमाले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

उनी ११ वर्षपछि पदाधिकारी बनेर पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।