नेभिगेशन
सबै कुरा

कुर्सी जोगाउन ध्यान केन्द्रित गर्दा प्रधानमन्त्रीले काम गरेनन् : विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कुर्सी जोगाउनेमा ध्यान केन्द्रीत हुँदा प्रधानमन्त्रीले प्रभावकारी काम गर्न नसकेको बताएका छन् । 

बेपत्ता योद्धा परिवार समाजले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा विप्लवले प्रधानमन्त्रीको ध्यान सत्ता समिकरणलाई मिलाउँदै कुर्सी बचाउनमा नै केन्द्रित भएको भन्दै यसका कारण प्रभावकारी ढंगले काम गर्न नसकेको बताएका हुन् । 

उनले प्रधानमन्त्री प्रचण्डलाई ५ वर्ष योजना बनाएर काम गर्न दिए सरकारले राम्रोसँग काम गर्न सक्ने धारणा राखे । विप्लवले सबैलाई मिलाउन खोज्दा बजेट पनि राम्रो ढंगले आउन नसकेको धारणा राखे । बजेटप्रतिको असन्तुष्टि हेर्दा मिलेर बाँडेर खाने बाहेक केहि नदेखिएको उनको भनाई छ । 

त्यस्तै विप्लवले अमेरिकालाई खुसी पार्न एमसीसीमा सम्झौता गरेको भन्दै अव अमेरिकाले निरन्तर नेपाललाई च्याप्दै जाने र त्यसको शिकार प्रचण्ड हुने जिकिर गरे । 

उनले माओवादीहरुले अव आफुलाई नबल्ने हो भने भयानक बिचल्लीमा जाने अवस्थामा आउने बताए । जनयुद्धका क्रममा राज्यबाट पीडितहरुको न्यायलाई राज्यको बन्दुकको छाँयाले दवाएर राखेको उनले बताए । उनले सत्ताको बन्दुक हावी भएकाले जनताको सन्तुष्टीलाई पुरा गर्ने गरि आन्दोलन हुन नसकेको पनि बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...