नेभिगेशन
सबै कुरा

अतिरिक्त समयमा काम गरेको प्रोत्साहन भत्ताको माग गर्दै संसदका कर्मचारी धर्नामा (तस्विरहरु)

काठमाडाैँ । तलब, अतिरिक्त भत्ता लगायतका सेवा सुविधा बृद्धिको माग गर्दै संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले मंगलबार संसद भवनमा कालो पट्टी बाधेर विरोध प्रदर्शन गरेका छन् । कर्मचारीको आन्दोलनका कारण केहिबेर प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारणमा समेत असर परेको थियो । असार ७ गतेसम्म माग सुनुवाइ नभए त्यसपछि तेस्रो चरणको आन्दोलन थाल्ने उनीहरूको घोषणा छ ।

Ncell
Extreme Energy

संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ लाई समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त समय काम लगाए बापतको अतिरिक्त प्रोत्साहन भत्ताको व्यवस्था गर्नुपर्ने लगाएतका माग पुरा नभएसम्म आन्दोलन जारी रहने संसद सचिवालय, आधिकारीक कर्मचारी युनियनका अध्यक्ष गोविन्द प्रसाद बेल्बासेले बताए । 

उनीहरुले संघीय संसदका पदाधिकारीहरू तथा सदस्यहरूको तलबमानमा मर्यादाक्रम अनुसार समयानुकूल संशोधन गरिनु पर्ने तथा समिति तथा उपसमिति बैठक सञ्चालन कार्यविधिलाई समयानुकूल बनाउनु पर्ने, सचिवालयमा कार्यरत करारका कर्मचारीहरूलाई बजेट प्रोत्साहन तथा नेपाल सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने लगाएतमा माग समेत अघि सारेका छन् । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीकाे केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।
बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।
पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध...
भोटेकोशी बाढीबारे भ्रामक सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको कारबाही

भोटेकोशी बाढीबारे भ्रामक सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको कारबाही

भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीतका सामग्री विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले सम्बन्धित माध्यमलाई सामग्री हटाउन निर्देशन दिँदै सचेत गराएको छ।