नेभिगेशन
सबै कुरा

राजेन्द्र लिङ्देनले जब रोष्ट्रमै च्याते बजेट पुस्तिका...

काठमाडाैँ। राप्रपाका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा बैठकको रोष्ट्रममा पुगेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि मन्त्रालयगत छलफल जारी रहँदा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका हातमा परेपछि रिस उठेको र च्यात्न मन लागेको भन्दै रोस्ट्रममै च्यातेका हुन् । 

सांसद लिङ्देनले मन्त्रालयको बजेट पुस्तिका च्यातेर हुर्‍याउन मन भए पनि संसदीय मर्यादाले नदिने भन्दै च्यातेर रोष्ट्रममै राखेका छन् । ‘...जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ । (पुस्तक दुई टुक्रा पार्दै) तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने हो, त्यहाँ नहुर्‍याएर यहाँ राख्छु’, लिङ्देनले आक्रोश पोखे । 

त्यस्तै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले बजेट बनाउँदा विधि भत्काएको र सामान्य लाजघिन समेत नराखेर राज्य स्रोतमाथि मनपरि गरेको आरोप लगाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...