नेभिगेशन
सबै कुरा

सभामुख चप्पलमै कार्यक्रममा, तर चप्पल लगाएको भन्दै रेडियो नेपालकी पत्रकारलाई प्रवेश निषेध

मकवानपुर । आज असार ४ गते बागमती प्रदेश सभा सचिवालयमा कोशी प्रदेश संसदीय पत्रकार मञ्चको अन्तक्रिया कार्यक्रम भएको थियो । सभामुख भुवन पाठक प्रमुख अतिथि रहेको सो अन्तक्र्रिया कार्यक्रममा सचिवालयले अन्तक्र्रिया कार्यक्रममा मकवानपुरका पत्रकारहरुलाई आमन्त्रण गरिएको थियो । 


करीब ३५ जनाको सहभागिता रहेको कार्यक्रममा रेडियो नेपालकी सम्वाददाता प्रतिक्षा न्यौपानेलाई भने प्रदेश सभा सचिवालयका मर्यादा पालकहरुले चप्पल लगाएर आएको भन्दै भित्र जान रोक लगायो । 

चप्पल लगाएर सचिवालयमा प्रवेश गर्न नपाईने भनेपछि पत्रकार न्यौपाने बाहिरै बसिन् । बाहिरै बस्नु परेको उनले पोष्ट गरेको यो स्टाटस हेर्नुस् ।  


तर अचम्म के भने, प्रदेश सभा सचिवालयमा भएको त्यही अन्तक्र्रिया कार्यक्रमका प्रमुख अतिथि सभामुख भुवन पाठक भने चप्पलमै उपस्थित भए । उनी सचिवालयमा कार्यक्रममा आएका पत्रकारहरुसँग चप्पल लगाएरै गफिएको भेटिए ।


सो अन्तक्र्रिया कार्यक्रममा भाग लिएका प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले सिधाकुरासँग कुरा गर्दै चप्पल र हाफपाईन्ट लगाएर कसैले प्रवेश नपाउने दाबी गरेका छन् । तर सोही कार्यक्रममा सभामुखले चप्पल लगाएको आफूले नदेखेको दाबी गरे ।

तर, सिधाकुराले फोटो र भिडियो प्रमाणमै सभामुखले चप्पल लगाएको देखिएको छ किन झुट बोलेको भनेर प्रश्न गर्दा सचिव खड्काले आफूलाई मातहतले ब्रिफिङ नगरेको भन्दै कुरा गर्नै चाहेनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...