नेभिगेशन
सबै कुरा

सभामुख चप्पलमै कार्यक्रममा, तर चप्पल लगाएको भन्दै रेडियो नेपालकी पत्रकारलाई प्रवेश निषेध

मकवानपुर । आज असार ४ गते बागमती प्रदेश सभा सचिवालयमा कोशी प्रदेश संसदीय पत्रकार मञ्चको अन्तक्रिया कार्यक्रम भएको थियो । सभामुख भुवन पाठक प्रमुख अतिथि रहेको सो अन्तक्र्रिया कार्यक्रममा सचिवालयले अन्तक्र्रिया कार्यक्रममा मकवानपुरका पत्रकारहरुलाई आमन्त्रण गरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

करीब ३५ जनाको सहभागिता रहेको कार्यक्रममा रेडियो नेपालकी सम्वाददाता प्रतिक्षा न्यौपानेलाई भने प्रदेश सभा सचिवालयका मर्यादा पालकहरुले चप्पल लगाएर आएको भन्दै भित्र जान रोक लगायो । 

चप्पल लगाएर सचिवालयमा प्रवेश गर्न नपाईने भनेपछि पत्रकार न्यौपाने बाहिरै बसिन् । बाहिरै बस्नु परेको उनले पोष्ट गरेको यो स्टाटस हेर्नुस् ।  


तर अचम्म के भने, प्रदेश सभा सचिवालयमा भएको त्यही अन्तक्र्रिया कार्यक्रमका प्रमुख अतिथि सभामुख भुवन पाठक भने चप्पलमै उपस्थित भए । उनी सचिवालयमा कार्यक्रममा आएका पत्रकारहरुसँग चप्पल लगाएरै गफिएको भेटिए ।


सो अन्तक्र्रिया कार्यक्रममा भाग लिएका प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले सिधाकुरासँग कुरा गर्दै चप्पल र हाफपाईन्ट लगाएर कसैले प्रवेश नपाउने दाबी गरेका छन् । तर सोही कार्यक्रममा सभामुखले चप्पल लगाएको आफूले नदेखेको दाबी गरे ।

तर, सिधाकुराले फोटो र भिडियो प्रमाणमै सभामुखले चप्पल लगाएको देखिएको छ किन झुट बोलेको भनेर प्रश्न गर्दा सचिव खड्काले आफूलाई मातहतले ब्रिफिङ नगरेको भन्दै कुरा गर्नै चाहेनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

सभापति लामिछानेले बोलाए केन्द्रीय सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीकाे केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।
बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।
पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

पर्वतको जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध...
भोटेकोशी बाढीबारे भ्रामक सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको कारबाही

भोटेकोशी बाढीबारे भ्रामक सामग्री सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको कारबाही

भोटेकोशी बाढीसम्बन्धी आचारसंहिता विपरीतका सामग्री विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषण भएको पाइएपछि प्रेस काउन्सिल नेपालले सम्बन्धित माध्यमलाई सामग्री हटाउन निर्देशन दिँदै सचेत गराएको छ।