नेभिगेशन
सबै कुरा

राष्ट्रपति पौडेलद्वारा स्व नेम्वाङका परिवारजनमा समवेदना व्यक्त

३१ भदौ, काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको यही भदौ २६ गते भएको असामयिक निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखिनै आत्मसात गरेको एउटा असल नेता गुमाएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति पौडेलले एक समवेदना सन्देश स्व. नेम्वाङका परिवारजनलाई पठाउँदै नेपालको राजनीति र कानूनी क्षेत्रमा उत्तिकै दक्खल राख्ने उनी खासगरी राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न हरदम तयार हुने नेता भएको उल्लेख गरेका छन्।

Ncell
Extreme Energy

‘जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधानसभाको अध्यक्षका रूपमा नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधानसभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गर्नुभएको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाली राजनीतिका कैयन उतारचढावका क्षणमा मैले नेम्वाङलाई शालीन र समन्वयकारी नेताका रूपमा मात्र होइन अन्य नेताहरूलाई सही र सत्मार्गमा डोर्याउन सक्ने एउटा असल नेताको छविको रूपमा पाएको थिएँ’, समवेदना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनाका सङ्घर्षहरू, संविधान निर्माण  र संसदीय क्षेत्रमा सँगसँगै काम गर्ने सन्दर्भमा उनीसँग भएका सहकार्यहरू आफ्नो स्मृतिमा सदैव ताजै रहने उल्लेख गरेका छन्।

उनले नेम्वाङको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजन, गणतन्त्र पक्षधर, नेकपा (एमाले) पार्टी र शुभेच्छुकहरूमा समवेदना प्रकट गरेका छन्। राष्ट्रपति पौडेलेको सो समवेदना सन्देश लिएर उनका सुपुत्रीद्वय शर्मिला र अवज्ञा पौडेल, विज्ञ र सल्लाहकार स्व नेम्वाङको घर पुगेका थिए भने सन्देश परिवारजनलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने

सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने

विधेयकमार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव गरिएको छ । सचिवालयलाई जलस्रोतको नियमन, नीति समन्वय र दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास...
नेपाल-भारत पारस्परिक सहायता सम्झौता संसद्‌मा पेस, विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सहज हुने

नेपाल-भारत पारस्परिक सहायता सम्झौता संसद्‌मा पेस, विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सहज हुने

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पेस गरेकी हुन् । सम्झौता संसद्‌मा पेस गर्दै मन्त्री गौतमले यो सम्झौतापछि भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको...
अरुलाई भन्दा धेरै जनताको समर्थन मलाई  छः  महावीर पुन

अरुलाई भन्दा धेरै जनताको समर्थन मलाई छः महावीर पुन

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पुनले अरु पार्टीका सांसदलाई भन्दा आफूलाई कम समय दिइएकोप्रति आपत्ति जनाए । ‘अरुलाई भन्दा मलाई समर्थन बढी छ, त्यसैले मलाई कम समय दिइएको...
ज्ञानेन्द्र शाहीले भने– अहिलेको नीति कार्यक्रम २०८१ को नीति कार्यक्रमसँग हुबहु

ज्ञानेन्द्र शाहीले भने– अहिलेको नीति कार्यक्रम २०८१ को नीति कार्यक्रमसँग हुबहु

प्रतिनिधिसभाको आजको बैठकमा शाहीले भने– ‘२०८३ सालको नीति तथा कार्यक्रम र २०८१ सालको नीति तथा कार्यक्रम हुबहु छ । २०८१ सालको २१७ बुँदाको छ, यो १०० बुँदाको छ,...