नेभिगेशन
सबै कुरा

राष्ट्रपति पौडेलद्वारा स्व नेम्वाङका परिवारजनमा समवेदना व्यक्त

३१ भदौ, काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको यही भदौ २६ गते भएको असामयिक निधनले मुलुकले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखिनै आत्मसात गरेको एउटा असल नेता गुमाएको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रपति पौडेलले एक समवेदना सन्देश स्व. नेम्वाङका परिवारजनलाई पठाउँदै नेपालको राजनीति र कानूनी क्षेत्रमा उत्तिकै दक्खल राख्ने उनी खासगरी राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न हरदम तयार हुने नेता भएको उल्लेख गरेका छन्।

Extreme Energy

‘जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधानसभाको अध्यक्षका रूपमा नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधानसभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गर्नुभएको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाली राजनीतिका कैयन उतारचढावका क्षणमा मैले नेम्वाङलाई शालीन र समन्वयकारी नेताका रूपमा मात्र होइन अन्य नेताहरूलाई सही र सत्मार्गमा डोर्याउन सक्ने एउटा असल नेताको छविको रूपमा पाएको थिएँ’, समवेदना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले लोकतन्त्र स्थापनाका सङ्घर्षहरू, संविधान निर्माण  र संसदीय क्षेत्रमा सँगसँगै काम गर्ने सन्दर्भमा उनीसँग भएका सहकार्यहरू आफ्नो स्मृतिमा सदैव ताजै रहने उल्लेख गरेका छन्।

उनले नेम्वाङको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजन, गणतन्त्र पक्षधर, नेकपा (एमाले) पार्टी र शुभेच्छुकहरूमा समवेदना प्रकट गरेका छन्। राष्ट्रपति पौडेलेको सो समवेदना सन्देश लिएर उनका सुपुत्रीद्वय शर्मिला र अवज्ञा पौडेल, विज्ञ र सल्लाहकार स्व नेम्वाङको घर पुगेका थिए भने सन्देश परिवारजनलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।

भर्खरै