नेभिगेशन
सबै कुरा
आईसीसी टी२० विश्वकप क्रिकेट :

इंग्ल्याण्डविरुद्ध इन्डियाको रोमाञ्चक जित

काठमाडाैँ । आइसिसी ट्वान्टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध इन्डियाले रोमाञ्चक जित हात पारेको छ । बिहिबार राति भएकाे खेलमा इंग्ल्याण्डविरुद्ध इन्डियाले ६८ रनले जित हात पारेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुयानाको प्रोभिडेन्स स्टेडियममा भएको खेलमा टस जितेर फल्डिङ रोजको इंग्ल्याण्डलाई इन्डियाले निर्धारित २० ओभर १७२ रनको लक्ष्य दिएको थियो । इन्डियाले दिएको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १६.४ ओभरमा १०३ रन बनाएर अलआउट भएको हो । 

Ncell
Extreme Energy

शुक्रबार बिहान सम्पन्न खेलमा इङ्ल्यान्ड हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ ।

इङ्ल्याण्डका लागि ह्यारी ब्ररुकले १९ बलमा सर्वाधिक २५ रन बनाएका छन् । त्यस्तै कप्तान जस बट्लरले १५ बलमा २३ रन जोडे । जोफ्रा अर्चरले २१ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादव र अक्षरले पटेलले समान तीन–तीन विकेट लिए भने जसप्रित बुमराहले एक विकेट झारे ।

भारतको इनिङ्समा कप्तान रोहितले शर्माले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३९ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ५७ रन बनाएका हुन् । त्यसैगरी सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३ र रवीन्द्र जडेजाले १७ रन जोडे । इङ्ल्याण्डका लागि क्रिस जोर्डनले सर्वाधिक तीन विकेट लिएका थिए ।

इंग्ल्यान्डविरुद्धको जितपछि फाइनलमा प्रवेश गरेको भारतले शनिबार राति सवा ८ बजे अफगानिस्तानलाई हराउँदै फाइनलमा पुगेको दक्षिण अफ्रिकासँग खेल्नेछ ।

आइसिसी ट्वान्टी–२० विश्वकप २०२२ को सेमिफाइनलमा इङ्ल्यान्डले भारतलाई हराएको थियो। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...