नेभिगेशन
सबै कुरा
आईसीसी टी२० विश्वकप क्रिकेट :

इंग्ल्याण्डविरुद्ध इन्डियाको रोमाञ्चक जित

काठमाडाैँ । आइसिसी ट्वान्टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध इन्डियाले रोमाञ्चक जित हात पारेको छ । बिहिबार राति भएकाे खेलमा इंग्ल्याण्डविरुद्ध इन्डियाले ६८ रनले जित हात पारेको हो । 

गुयानाको प्रोभिडेन्स स्टेडियममा भएको खेलमा टस जितेर फल्डिङ रोजको इंग्ल्याण्डलाई इन्डियाले निर्धारित २० ओभर १७२ रनको लक्ष्य दिएको थियो । इन्डियाले दिएको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १६.४ ओभरमा १०३ रन बनाएर अलआउट भएको हो । 

शुक्रबार बिहान सम्पन्न खेलमा इङ्ल्यान्ड हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ ।

इङ्ल्याण्डका लागि ह्यारी ब्ररुकले १९ बलमा सर्वाधिक २५ रन बनाएका छन् । त्यस्तै कप्तान जस बट्लरले १५ बलमा २३ रन जोडे । जोफ्रा अर्चरले २१ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादव र अक्षरले पटेलले समान तीन–तीन विकेट लिए भने जसप्रित बुमराहले एक विकेट झारे ।

भारतको इनिङ्समा कप्तान रोहितले शर्माले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३९ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ५७ रन बनाएका हुन् । त्यसैगरी सूर्यकुमार यादवले ४७, हार्दिक पाण्ड्याले २३ र रवीन्द्र जडेजाले १७ रन जोडे । इङ्ल्याण्डका लागि क्रिस जोर्डनले सर्वाधिक तीन विकेट लिएका थिए ।

इंग्ल्यान्डविरुद्धको जितपछि फाइनलमा प्रवेश गरेको भारतले शनिबार राति सवा ८ बजे अफगानिस्तानलाई हराउँदै फाइनलमा पुगेको दक्षिण अफ्रिकासँग खेल्नेछ ।

आइसिसी ट्वान्टी–२० विश्वकप २०२२ को सेमिफाइनलमा इङ्ल्यान्डले भारतलाई हराएको थियो। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
अध्यक्ष चन्दले भने, ‘नेपाली क्रिकेटको स्वर्णिम युग सुरु’

अध्यक्ष चन्दले भने, ‘नेपाली क्रिकेटको स्वर्णिम युग सुरु’

नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी टुरका क्रममा कैलालीको टीकापुर उद्यानमा भएको ट्रफी टुरको शुभारम्भ कार्यक्रममा अध्यक्ष चन्दले पछिल्लो समयमा नेपालमा लोकप्रिय खेलका रुपमा क्रिकेट उदाएको बताए ।
टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली स्वदेश फिर्ता(तस्बिरहरु)

टी–२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली स्वदेश फिर्ता(तस्बिरहरु)

खेलकुद मन्त्री बब्लु गुप्ता, क्यानका सचिव पारस खड्काले नेपाली क्रीकेट टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।
आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी विश्वकप लिग–२ः नेपाल युएइसँग पराजित

आइसिसी एकेडेमी दुबईमा आज सम्पन्न चौथो तथा अन्तिम खेलमा घरेलु टोली युएईसँग चार विकेटले पराजित भएसँगै नेपाल जीतविहीन बनेको हो । त्यसअघि नेपाल अमेरिकासँग १०६ रन र चार...

भर्खरै