नेभिगेशन
सबै कुरा

आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि इन्डियालाई

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि इन्डियाले लिएको छ । शनिबार वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको खेलमा इन्डियाले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि हात पारेको हो । 

टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । सो लक्ष्य बनाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६९ रन बनाएको हो ।  

दक्षिण अफ्रिकाविरुद्धको खेलमा भारतका तर्फबाट आर्शदिप सिंहले २, जस्प्रित बुम्राहले २, अक्सर पटेलले १ र हार्दिक पाण्ड्याले ३ विकेट लिएका हुन् । 

भारतका लागि ओपनर विराट कोहलीले ७६ रन बनाए भने अर्का ओपनर रोहित शर्मा ९ रन बनाएर आउट भएका थिए । त्यस्तै अक्षर पटेलले ४७ रन, शिवम् दुबेले २७ रन, सूर्यकुमार यादवले ३ रन, रविन्द्र जडेजाले २ रन बनाएका थिए ।

आजको जितसँगै भारतले २ पटक विश्वकप जितेको छ । भारतले यसअघि सन् २००७ मा विश्वकप जितेको थियो ।



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टप एण्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्विरहरु)

टप एण्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको फिटनेस र फिजिकल टेष्ट (तस्विरहरु)

१६ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह,...
एनपिएल अक्सनमा १५० खेलाडीको अन्तिम सूची घोषणा, यी हुन् ‘ए’ र ‘बि’ ग्रेडमा परेका खेलाडी

एनपिएल अक्सनमा १५० खेलाडीको अन्तिम सूची घोषणा, यी हुन् ‘ए’ र ‘बि’ ग्रेडमा परेका खेलाडी

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सार्वजनिक गरेकोे सूचीमा ४५८ जना खेलाडीले दर्ता गरेकामा ती खेलाडीको अन्तिम सूची घोषणा गरेको छ । एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको...
मूलपानीस्थित कार्यालयमा क्यानको बोर्ड बैठक सुरु

मूलपानीस्थित कार्यालयमा क्यानको बोर्ड बैठक सुरु

एनपीएलको पहिलो संस्करण, सोको आर्थिक विवरण पेस हुने बताइएकाे छ । पहिलो संस्करणको हिसाव पारदर्शी नभएको भन्दै असन्तुष्ट पक्षले हिसाब अनुमोदन नगर्ने बताउँदै आएका छन् ।
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

यही जुलाई २१ देखि अगष्ट ३ तारिखसम्म भारतको बेङ्लुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा प्रशिक्षण शिविर आयोजना गरिने उक्त शिविरमा २० खेलाडी सहभागी हुने नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको...

भर्खरै