नेभिगेशन
सबै कुरा

आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि इन्डियालाई

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि इन्डियाले लिएको छ । शनिबार वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको खेलमा इन्डियाले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि हात पारेको हो । 

टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । सो लक्ष्य बनाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६९ रन बनाएको हो ।  

दक्षिण अफ्रिकाविरुद्धको खेलमा भारतका तर्फबाट आर्शदिप सिंहले २, जस्प्रित बुम्राहले २, अक्सर पटेलले १ र हार्दिक पाण्ड्याले ३ विकेट लिएका हुन् । 

भारतका लागि ओपनर विराट कोहलीले ७६ रन बनाए भने अर्का ओपनर रोहित शर्मा ९ रन बनाएर आउट भएका थिए । त्यस्तै अक्षर पटेलले ४७ रन, शिवम् दुबेले २७ रन, सूर्यकुमार यादवले ३ रन, रविन्द्र जडेजाले २ रन बनाएका थिए ।

आजको जितसँगै भारतले २ पटक विश्वकप जितेको छ । भारतले यसअघि सन् २००७ मा विश्वकप जितेको थियो ।



Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...