नेभिगेशन
सबै कुरा

टिपटपले बिग्रिएको दुधबरी बेचेको पाइएपछि २ लाख जरिबाना

१ असोज, काठमाडौं । काठमाडौंको चर्चित समोसा पसल टिपटपलाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ । टिपटपले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाले पछिल्लो समय बजार अनुमगनलाई तिब्रता दिदै आएको छ । सोही क्रममा काठमाडौं महानगरपालिका–१७ मा अवस्थित टिपटपले बिग्रिएको दुधबरी बेचेको पाइएपछि जरिबाना गरिएको अनुगमन टोलीका सदस्यले बताएका छन् । 

Ncell
Extreme Energy

जरिबानासँगै अनुगमन टोलीले कर्मचारीको व्यवहार सुधार गर्न, दुधजन्य वस्तुको तापक्रम कायम राख्न, उक्त दुधबरी बनेको लटमा बनेका अन्य सबै खानेकुरा नष्ट गर्न र अखाद्य वस्तु नबेच्न टिपटपका सञ्चालकलाई आदेश समेत दिएको छ । 

पछिल्ला दिनमा उपत्यकामा चाडपर्व लक्षित अनुगमनलाई तिब्रता दिइएको छ । सोही क्रममा आइतबार ललितपुरको पुल्चोकस्थित भातभटेनी सुपर मार्केट र बिगमार्टलाई पनि जरिबाना गरिएको थियो । भाटभटेनीले अखाद्य वस्तु बेचेको पाइएपछि १ लाख जरिवाना गरिएको थियो भने बिग मार्टले कम तौलको सामान विक्रि गरेको पाइएपछि १० हजार जरिबाना गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।

भर्खरै