नेभिगेशन
सबै कुरा

टिपटपले बिग्रिएको दुधबरी बेचेको पाइएपछि २ लाख जरिबाना

१ असोज, काठमाडौं । काठमाडौंको चर्चित समोसा पसल टिपटपलाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ । टिपटपले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाले पछिल्लो समय बजार अनुमगनलाई तिब्रता दिदै आएको छ । सोही क्रममा काठमाडौं महानगरपालिका–१७ मा अवस्थित टिपटपले बिग्रिएको दुधबरी बेचेको पाइएपछि जरिबाना गरिएको अनुगमन टोलीका सदस्यले बताएका छन् । 

Extreme Energy

जरिबानासँगै अनुगमन टोलीले कर्मचारीको व्यवहार सुधार गर्न, दुधजन्य वस्तुको तापक्रम कायम राख्न, उक्त दुधबरी बनेको लटमा बनेका अन्य सबै खानेकुरा नष्ट गर्न र अखाद्य वस्तु नबेच्न टिपटपका सञ्चालकलाई आदेश समेत दिएको छ । 

पछिल्ला दिनमा उपत्यकामा चाडपर्व लक्षित अनुगमनलाई तिब्रता दिइएको छ । सोही क्रममा आइतबार ललितपुरको पुल्चोकस्थित भातभटेनी सुपर मार्केट र बिगमार्टलाई पनि जरिबाना गरिएको थियो । भाटभटेनीले अखाद्य वस्तु बेचेको पाइएपछि १ लाख जरिवाना गरिएको थियो भने बिग मार्टले कम तौलको सामान विक्रि गरेको पाइएपछि १० हजार जरिबाना गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

तोलामा ८०० बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।
प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम...
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...