नेभिगेशन
सबै कुरा

कैलालीका डुवान पीडितको गुनासोः ‘वर्षेनी राहत पायौँ तर बाढीको दीर्घकालीन समाधान कहिल्यै पाएनौँ’

कैलाली । जिल्लाको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित छन् । बर्सेनि काढा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि अझै अन्त्य हुनसकेको  छैन । 

“असोज लागेपछि बर्खाको पीडा कम हुँदै जाँदा असार सुरु भएपछि पुरानै भएर बल्झिएर आउँछ । त्यो पीडामा मल्हम लगाउने कोही छैन”, सन्तराम भन्छन्, “बाढीबाट विस्थापित भएर सडकमा आउँदा चाउचाउ र चिउरा ल्याएर आउनेहरू त्यो बीचको समयमा कोही पुग्दैनन् । नदी नियन्त्रणका लागि नीति निर्माण बनाएर कार्यान्वयन गर्ने तहमा पुगेकाहरूको बेवास्ताका कारण बर्सेनि हामीलाई सास्ती हुँदै आएको छ ।”

Dish home
City Express

भजनीका शर्मिला चौधरीलाई पनि बर्खा सुरु भएपछि निकै चिन्ता हुन्छ । उनलाई आफ्नोभन्दा बढी चिन्ता बालबालिका र पशुचौपायाको हुने गरेको छ । “प्रायः रातिको समयमा आउने बाढीबाट बढी जोखिम हुन्छ । अँध्यारो रातमा बालबालिका, पशुचौपाया र घरका महत्त्वपूर्ण सरसामान कसले र कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ”, शर्मिला भन्छिन्, “जन्मिँदा त्यहीँ बाढीको जोखिममा जन्मेकी म अन्तिम श्वाससम्म पनि बाढीको चिन्ताले छोड्लाजस्तो लाग्दैन ।”

बाढी र डुबानका कारण विस्थापित भएका नागरिकलाई राहतमा जुट्नुभन्दा सधैँका लागि बाढीको छुटकारा यहाँका स्थानीयले चाहेका क्षितिज चौधरी बताउँछन् । बर्खायाममा डुबानको जोखिम भएका क्षेत्र र बाढीको पानी निकास हुनेगरी स्थानीय सरकार र सङ्घ तथा प्रदेश सरकारले समन्वय गरेर जोखिम कम गर्न पहल गर्नुपर्नेमा उनी जोड दिन्छन् । 

“राहत यसअघि पनि पाएका थियौँ, फेरी पाइन्छ । बाढीको दीर्घकालीन समाधान भएको हामीले कहिले देख्न पाउने ?”, क्षितिज प्रश्न गर्छन्, “राहतबापत आएको चाउचाउ, चिउरा र एक बोतल पानीले एकपटकको भोक र प्यास मेटिन्छ तर हाम्रो दुःख मेटिनेगरी काम होस् भन्ने चाहना छ ।”

भजनी–१ ठेङ्गरपुरका भलमन्सा राजु चौधरीको बुधबार आएको कान्द्रा नदीको बाढीले घरमा भएका सबै खाद्यान्न सामग्री नष्ट भएका छन् । एकाएक नदीमा आएको बाढी बस्तीमा पसेपछि स्थानीयले घरमा भएको खाद्यान्नसहित आवश्यक  सामान सुरक्षित गर्न नसक्दा नष्ट भएको राजु बताउँछन् । “खासै वर्षा भएको थिएन । एकाएक बाढी बस्तीमा पसेपछि धनमाल जोगाउन सकिएन”, उनी भन्छन्, “आफ्नो आवासको व्यवस्थापन कता गर्ने, खाद्यान्नको व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ ।”

सोही ठाउँका कल्लु चौधरी कान्द्रा बर्सेनि दुःख बनेर आउने गरेको बताउँछन् । “बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो । कुनै वर्ष छैन होला घर छाडेर त्रिपालमा गएर बस्नु नपरेको”, उनी भन्छन्, “स्थानीयको समस्या तिनै तहका सरकारलाई जानकारी हुँदा पनि दीर्घकालीन समस्या समाधानतर्फ ध्यान जान सकेको छैन ।” स्थानीय जनप्रतिनिधिले विशेष पहल गर्नुपर्नेमा उनी जोड दिन्छन् ।  

भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरी स्थानीय सरकारको स्रोतले यहाँका नागरिकलाई ओभानोमा राख्न सक्ने स्थिति नरहेको बताउँछन् । प्रदेश र सङ्घ सरकारसँग समस्या समाधानका लागि आग्रह गरिएको भन्दै हालसम्म भजनीको दुःखमा मल्हम लगाउन नसकेको उनी बताउँछन् । 

“म आफैँ पनि बाढीबाट प्रभावित हुँदै आएको छु । यसवर्ष नगरपालिका क्षति कम गर्ने योजनाअनुसार पूर्वतयारीमा लागेको छ । यसमा प्रदेश र सङ्घ सरकारले सहकार्य र समन्वय गर्ने विश्वास लिएका छौँ”, नगरप्रमुख चौधरी भन्छन् । दीर्घकालीन रुपमा नदी नियन्त्रण नहुँदा बर्सेनिको बाढीले स्थानीयलाई सास्ती हुने गरेको छ ।

भजनी नगरपालिकामा काढा, कान्द्रा र पथरैया नदीको बाढीले बर्सेनि हजारौँ नागरिक विस्थापित हुँदै आएका छन् । बाढीबाट प्रभावित नागरिकका लागि हुलाकी राजमार्ग आश्रयस्थल बन्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सोमबार सरकार  विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

सोमबार सरकार विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

भ्रष्टाचारको आयबाट पोषित परिवारलाई खुलासा गर्न सुरु गरिएको 'जेन-जी'को अभियान 'नेपाेबेब' समूहले आन्दोलनको घोषण गरेका हुन् । सोमबार काठमाडौँको माइतीघर मण्डलमा उपस्थित भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरेका...
सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्ताबासी जगनारायण कमकण भन्छन्, 'यहाँ म बसेको ५५ वर्ष भयो,  कति नेता आए गए । सब भोटकालागि आऊछन । तर केही गर्दैनन् । नेताप्रतिको सुस्ताबासीको विश्वास घट्दो छ...
उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा  धर्ना

उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा धर्ना

उखु उत्पादक महासंघ नेपालले गत आ।व। ०८१÷०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै आज देखी माइतीघरमा आन्दोलन सुरु गरेको...
ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

यो घटना गत महिनाको हो । काठमाडौँको फरएभर ह्युमन रिसोर्स सोलुसन प्रालिबाट माल्दिभ्स पुुगेका खोटाङ ऐसेलु खर्कका नौला सिंह विश्वकर्माले विभागमा उजुरी दिएका थिए ।   म्यानपावर कम्पनीका सञ्चालकहरु...