नेभिगेशन
समाज

सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्ता । भारत र चीनले नेपाली भूमि लिम्पियाधुरा प्रयोगगरी व्यापार सम्झौतागरी अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरीत भूमि हस्तक्षेपको चर्चा  चलिरहँदा पश्चिम नवलपरासी स्थित नेपाली भूमि सुस्तामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख सहितका टोली पुगेका छन् ।
टोलीले सुस्तामा गएर नेपाली भूमि बचाउन सरकारका प्रमुखले भारतको भ्रमणमा नेपालीभूमी भारतीय अतिक्रमणमा परेका स्थानको विषयलाई मुख्य छलफलको विषय बनाउनु पर्ने बताएका छन् । नागरिकता तथा लालपुर्जा विहीन सुस्तावासीका पिडा हरेक चुनाव र सुस्ता पुगेका नेतृत्वले दिने गरेका छन्  तर हाल सम्म पहल भने हुन सकेको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुस्ताबासी जगनारायण कमकण भन्छन्, 'यहाँ म बसेको ५५ वर्ष भयो,  कति नेता आए गए । सब भोटकालागि आऊछन । तर केही गर्दैनन् । नेताप्रतिको सुस्ताबासीको विश्वास घट्दो छ । अहिले म  ८० वर्षको भए सुस्तावासीको प्रमुख समस्या नागरिकता, लालपुर्जा र क्रमशः शिक्षा स्वास्थ्य हुन । यस तर्फ कसैले चासो दिएनन् ।' 
सुस्तामा विकासको क्रम वढेपनि लाल पुर्जा र नागरिकता निकास निकाल्न नसक्दा सुस्ताबासि निराशमा छन् । लालपुर्जा तथा नागरिकता नहुँदा घर अगाडी गाडिएको विधुत्तको पोलमा विद्युत् भए पनि बत्ति बाल्न पाएका छैनन । सुस्ता बचाऊ अभियानका प्रवक्ता रवीन्द्र जयसवाल भन्छन्, 'सुस्ता बासी नेपाली भूमि बचाउन हरेक पल लडिरह्यौ तर सुस्ता बासीलाई सरकारले न लालपुर्जा दिन्छ नत नागरिकता नै । नागरिकता नहुँदा, अनागरिकको संज्ञा त छदै छ, विद्युत् समेत बाल्न पाएका छैनौ ।' 

Ncell
Extreme Energy

Susta-border-1756611842.jpg
त्यस्तै सुस्ता बचाऊ अभियानका कार्यबाहक अध्यक्ष करम हुसेनले सरकार सत्ता बचाउने अभियानमा रहेको अवस्थामा सुस्ता बासी सुस्ता बचाऊ अभियानमा रहेको बताए । उनले सरकार प्रमुखले अतिक्रमित भूमिको विषयमा बोल्दा आफ्नो सत्ता गुम्ने डरले भारतीय अतिक्रमण बढिरहँदा समेत मौन बसेको आरोप लगाए । 
लुम्बिनी प्रदेश सरकारका टोलीसँगै सुस्ता पुगेका सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतले अन्तर्राष्ट्रिय मान्यता विपरीत अतिक्रमण गरिरहेको हुँदा भारत भ्रमणमा जाँदा प्रधानमन्त्री केप ओलीलाई सन् २०१४ अगस्तमा नेपालको पशुपति नाथ दर्शन गर्न आउँदा गरिएको दुवै देशका परराष्ट्र सचिवले तल्लो तहमा पुगेर यर्थाथ सीमा विवादका अवस्था र विश्लेषण गरेर सीमा समस्या हल गर्ने बाचा दिएका थिए तर हाल सम्म त्यो सहमति कार्यान्वयन गर्न भारतले कुनै चासो नदेखाएको हुँदा सीमा समस्या समाधान हुन नसकेको विषय बस्तु प्रष्टरुपमा राख्नुपर्ने विचार व्यक्त गरेका थिए । 

बारम्बार बाढी र भारतीयले  छिन्न भिन्न बनाएको सुस्ता बासीको पिडा ज्यूका त्यू छ । नेता आउने जाने क्रम चलिरहेको छ । तर सुस्ता बासीको पिडामा कसैले साथ नदिएको सुस्ताबासिको गुनासोमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरले नेपालमा यति वेला पञ्चकालका कृतिनिधि विष्ट जस्तो नेता नहुँदा नेपालको भूमि भारतीयले मिचिरहने बताउँदै दरो मुटु भएको नेता नेपाललाई आवश्यकता रहेको बताए ।   

सुस्तापारि पुगेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्तिमगरले सीमा, नागरिकता तथा अन्तर्राष्ट्रिय विवादका विषयमा आफू केही बोल्न नमिल्ने भन्दै आफ्नो प्रदेशका नागरिककापिडा सरकार समक्ष पुर्याउने बाचा गरे । साथै उनले सीमा रक्षार्थ खटिएका नागरिकता विहीन नागरिकलाई नागरिकताकोलागि सच्चा छानबिन गरी नागरिकता प्रदान गर्नुपर्ने बताएका छन् । उनले साथै उनले कविता मार्फत लालपुर्जा र नागरिकता एकै पटक आउनेमा आफू विश्वस्त रहेको बताए । 

वि.सं.२०२२ सालमा राजा महेन्द्रले भुपु सैनिक  किसोर  कुमार  गुरुङ्गको अगुवाइमा सुस्ताको नेपाली भूमि बचाउन बन फडानी गरी बस्ती बसाले । सुस्ताको भूमि र सीमा रक्षालाई मध्यनजर गर्दै राजाले बस्ती बसालेका थिए । तत्कालीन समयमा ४० हजार  ९ सय ८० हेक्टर जमिन सुस्तामा पर्दथ्यो । सुस्तामा नापीटोलिले २०२७ सालमा नापजाँच गर्न जादाँ नापीटोलिलाई भारतले विहारमा लगेर १ वर्ष सम्म कैद गरेर राख्यो । पुनः २०२९ सालमा नापी गरी लालपुर्जा वितरण गरियो । वि.सं.२०३४ सालमा नारायणी नदिमा आएको भीषण बाढीले सुस्ता बासीको सपना चकना चुर पारिदियो । सुस्तामा बाढी पसेर मरुभूमि तुल्य भयो । नागरिकलाई उद्धार गरी अन्य सुरक्षित स्थानमा लगेर राखियो । सरकारले त्यस बखत नागरिकता नभएका नागरिकलाई स्थानान्तरण गर्न नसके पछि  नागरिकता नभएका नागरिक पुनः सुस्तामै गएर बस्न थाले । त्यस बखत भारतीय अतिक्रमणबाट बाँकी भाग बन्जरको रूपमा परिणत भई सकेको थियो ।  बन्जर भूमिलाई खेतीयोग्य बनाउँदै आफ्नो भाग्य रेखा कोर्दै छन् अझै सुस्ता बासी नेपाली । तर सुस्ता बासीको न्यूनतम आवश्यकता भने सरकारले पुरा गर्न सकेको छैन ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

भोर्लेको पहिरो हटाएपछि खुल्यो नुवाकोट–धुन्चे सडक

रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ खसेको पहिरो हटाइएको छ ।
क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

क्याम्पसको गेटमा विद्यार्थीले पकाए दाउरा बालेर खाना

उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएपछि विद्यार्थीहरुले सडकमा नै दाउराबाट खाना पकाएर विरोध जनाएका छन् ।